गाई पुज्ने र गाई खाने हाम्रो एउटै समाजलाई कसरी सद्भावपुुर्ण बनाउन सकिन्छ?

Published: March 25, 2018 | 4:01 am | आइतवार, चैत्र ११, २०७४ | ३४८८ पटक पढिएको

हेमन्त पुन ,

पहिले देखि सधै कुनै कुराको विश्वास दिलाउन खोजियो भने एउटा कसम खाईन्थ्यो,’गाई खानु कसम’मेरो कुरा सहि हो।अनि विश्वास लिईन्थ्यो ,दिईन्थ्यो।

२)बिदेशी कुईरेले गाई खान्छन भन्दा अचम्म लाग्थ्यो।नेपालका ठुलाठुला होटेलमा गाईको माशु पाईन्छ त्यसमा ‘बिफ’ नामको लेबल राखिएको हुन्छ मैले त देखे अलिकति चाखेको पनि छु।फलानो मन्त्री,फलानो शासक संग गएर भनेर मैले सम्मान गर्ने मान्छेले गफ दिदा हामीहरु जिब्रो टोकेर नाक खुम्च्याउदै कुरा सुनेर बस्थ्यौ।

 

३)२०६३ सालतिर दार्जिलिंग घुम्न जाने अबसर पाएको थिए। दार्जिलिंगमा गाईको मासु  खाँदारहेछन। त्यो मेरो क़सम र साथिको कुरा कताकता अलि टाढा हैन आफै देखिरहेको थिए।

४)अहिले गाईको दैनिक हजारौ संख्यामा मासुको लागि बध गर्ने देश कोरियामा छु। यहॉ हाम्रोमा रातो भाले,जग्गर खसिको फोटो राखेर रेस्टुरेन्ट खोले झैं गाईगोरुको फोटो राखेर पाहुनालाई आकर्षण गरिन्छ। पहिलेपहिले अचम्म लाग्थ्यो खानाखान रेस्टुरेन्टमा गयो भने कहिले गाईको मासु पर्छ कि भनेर चनाखो पनि हुने प्रयास गर्थे। सो क्रम अहिलेपनि जारीछ। केहि कोरियनहरु पनि भेटेको थिए गाईको माशु नखाने। उनिहरुसंग कुरा हुदा मन पर्दैन भन्थे। केहि नेपाली साथिहरु मिठो नै हुन्छ खानुपर्छ भन्नुहुन्छ र खानु पनि हुन्छ।

५)नेपालमा केहि त्यस्तो समुदाय छ जुन गाईको मासु खाने । अर्को त्यस्तो समुदाय पनि छ जुन गाईलाई गौमाता मानेर पुजा गर्छन। अहिले यहि फरक दुई समुदायको बिचमा वादविवाद सतहमा आईपुगेको छ।

६)राज्यले गाईलाई राष्ट्रीय जनावरको रुपमा स्वीकार गरेको छ।
यी भए परिदृश्यहरु सबै हाम्रै समुदायका हुन ।
अब कसरि अगाडी बढ्न सकिन्छ त?
पहिलो कुरा राज्यले नै यसको सहि तरिकाले समाधान निकाल्नु पर्ने देखिन्छ।
१) राष्ट्रीय जनवारको बोरेमा पुनर्विचार गरेर।
२)गाई भनेको (पोथि ) सन्तान उत्पादन गर्ने जाति हो ।सबै किसिमका पोथिजातिलाई काटमारको लागि बन्देज गरेर।

३)गोरु,रागा, खसि भाले जातकों मात्र माशुको लागि योग्य बनाऔ।

४)अहिले कै अवस्थामा हाम्रो विविधताको देशमा विविधता स्वीकार गरिसकेपछि यो विषयमा पनि विभिन्न समुदाय र राज्यले सोच्नु पर्ने देखिन्छ।

५)राज्यले आन्तरिक समुदायमा आउनसक्ने सम्भावित दुरघटनालाई मध्यनजर गर्दै सचेत हुन जरुरीछ।

सबै समुदाय ,व्यक्ति सबै आवेकमा आएर अभिव्यक्ति नदिऔ उचित मार्ग को खोजिमा लागौ। शदिऔंदेखि मिलेर बसेको हाम्रो समाजलाई अझ बलियो र आधुनिक बनाऔं।

३४८९ Total Views ३ Views Today

Comments