मृगौला पिडित निमछिरी शेर्पा बचाउ अभियान दक्षिण कोरियामा सुरु-सहयोगको अपिल ।

Published: March 20, 2018 | 11:22 am | मङ्लबार, चैत्र ६, २०७४ | ५६५१ पटक पढिएको


दोलखा जिल्ला उत्तरी भेग स्थित बिगु गाउँ पालिका वडा नं ७ घर भएका निमछिरी शेर्पा बिगत लामो समय देखि दुबै मिर्गौला फेल भएपछि उचपारमा धाईरहनु भएको र हाल उनको दुबै मिर्गौलाले काम गर्न छाडिसकेकाले मिर्गौला यथासक्य चाँडो फेर्नुपर्ने डाक्टरले सुझाब दिए लगतै एक हप्ता देखि टिचिङ अस्पताल बेड नं ३०८, नेफ्रोलोजी ! भर्ना गरि दैनिक डायलिसिस गरिरहेको र यथा सक्य चाँडो    अप्रेसन    गर्नु पर्नेमा अहिले आर्थिक अवस्था निकै कमजोर रहेकाले आफ्नो जिवन बचाईदिन भन्दै अस्पतालको शैयाबाटै शेर्पाले विश्वभरका नेपाली समुदायसँग सहयोगको अपिल गरेका छन् र निमाछिरी शेर्पा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको बिगु गाउँपालिकाको वडा नं ७ को अध्यक्षमा समेत निर्वाचित असल र स्वच्छ छबिका ब्यक्ति हुन्।

बिरामीको उपचार खर्च रकम जुटाउँन नेपालमा नोर्साङ शेर्पाको संयोजकमा ‘ निमछिरी शेर्पा बचाऊँ अभियान ‘ संचालन समिति गठन गरि स्वादेश तथा विदेशमा रहनुभएका आफन्तजन, ईष्टमित्रहरू साथै हाम सहयोगी भावना भएका मनकारी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरूमा हार्दिक अपिल-अनुरोध तथा अपेक्षा गर्नु भएको हुँदा सोही माथी उल्लेखित अनुरूप दक्षिण कोरियामा पेम साङबो शेर्पा र पासाङ दावा शेर्पाको संयोजकत्वमा दक्षिण कोरियामा रहनु हुने बिशेष गरि दोलखाली बासीहरू र अन्य सहयोगी मनकारी हाम नेपाली दाजु-भाई, तथा दिदि-बहिनीहरूमा पनि यहीं सुचना मार्फत सहयोगको हार्दिक अपिल गर्दछौँ !
( दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण दाजु-भाई , दिदि-बहिनीहरूले सक्दो स्वईछिक आर्थिक सहयोग गरि मृत्युको शैय्यामा रहेको एउटा असल मान्छेको पुनर्जन्म दिन सबैमा हार्दिक अनुरोध गर्दछु )

धन्यवाद !
– सहयोग अभियान संन्चालन ( 018March 20 – April 19 ) मात्र एक महिना गरिने छ ।

– हप्ताको एक पटक अथवा दैनिक जसो सबै सहयोगी नामावालिहरू फेषबुक मार्फ़त सार्वजनिक गरिने छ ।

– यो अभियान संचालन गर्नु अगाडि अग्रिम प्राप्त केहि सहयोगी दाताहरूको नामावालिहरू नि यसैमा राखि निरन्तर अपडेट गरिने छ ।

– दक्षिण कोरियामा उठेको एक मुष्ट रकम नेपालमा नामावालि सहित हस्तान्तरण गरिने छ ।

सहयोगको लागि संम्पर्क ब्यक्तिहरू ( द. कोरिया ):
पेम साङबो शेर्पा – ०१०४८६५६३३९
पासाङ दावा शेर्पाको – ०१०६४६७६१५२
सहयोगका लागि बैंक खाता नं :
Pasang Dawa sherpa
221-335785-02-015 ( IBK bank )

५६५२ Total Views ३ Views Today

Comments