कोरियामा गायिका बबिना किराँतीको एकल संगित साँझ हुने

Published: February 15, 2018 | 3:39 am | बिहिबार, फाल्गुन ३, २०७४ | ३५४२ पटक पढिएको

भिजन नेपाल टिभी १५फेब्रुअरी
भर्खरै मात्र सोलो एल्बम “मर्निङ द बिगिनिङ” ल्याएर चर्चामा रहेकी गायिका बबिना किराँतीको एकल संगित साँझ (लाइभ म्यूजिक
कन्सर्ट) हुने भएको छ।

कोरियन (चाइनिज)नववर्स सलनालको अवसरमा नेपाली साहित्य समाज (नेसास),दक्षिण कोरियाले आयोजना गर्न लागेको यो कार्यक्रम फेब्रुअरी १७ तारेख साँझ ७ बजेबाट लुम्बिनी रेस्टुरेन्ट,सौलमा सम्पन्न हुनेछ।”बबिना किराँती एकल संगित साँझ-२०१८” नाम दिईएको यस कार्यक्रममा गायिकाले उनका चर्चित गीत लगायत “मर्निङ” मा समावेस भएका गीतहरु प्रस्तुत गर्नेछिन्। उनको सहजिकरणका निम्ती गायक रमेश संगौला तथा चर्चित संगितकार डि आर अटुले पनि केहि बिशेस प्रस्तुतीहरु पस्कनेछन् भने कविहरुले केहि रमाईला गजल/कविताद्वारा उनलाई साथ दिनेछन्।

यो कार्यक्रम दुबै मृगौलापिडित गायिका जलजला परियारको सहयोगार्थ गर्न लागिएको जनाउँदै आयोजक संस्थाका अध्यक्ष यल्जी विवश भन्छन्-“साहित्य सेवा भनेको मानव-सेवा पनि हो, समाजसेवा पनी हो , त्यसमाथी एकजना संगितसाधक जो बिरामबाट थल्लिएकी छिन् जसबाट नेपाली संगितले धेरै पाउनु बाँकी छ, त्यसैले उनलाई सहयोग गर्नु हाम्रो परमकर्तव्य र जिम्मेवारी पनि सम्झिएका छौँ।”

कार्यक्रममा मनोरन्जनका अतिरिक्त स्रस्टा सम्मान तथा स्रस्टा बिदाई कार्यक्रम पनि समावेश गरिएको जनाउँदै यस कार्यक्रमका संयोजक एवं सस्थाका उपाध्यक्ष बिश्णु वाग्लेको दावी छ-“प्रवेश टिकट पनि सस्तो, साथमा भरपुर मनोरन्जन अनि प्रतेक टिकटमा फ्री डिनरको ब्याबस्था पनि भएकोले कार्यक्रम ब्यापक उपस्थितिको साथमा भव्य रुपमा सम्पन्न हुनेमा ढुक्क छौं।” कार्यक्रमको टिकट मात्र २०,००० वोन रहेको छ भने हरेक टिकटबाट निशुल्क रुपमा नेपाली खानाको डिनर सेट उपलब्ध गराइने ब्यबस्था गरिएको छ।

गायिका किराँती यो कार्यक्रम बाहेक अन्य दुई सांगितिक कार्यक्रममा समेत पर्फम गर्दैछिन् भने संगितकार डिआर अटुको एकल संगित एवं नेपाली साहित्य समाज, दक्षिण कोरियाको दोस्रो प्रस्तुती रहेको “मर्निङ” एल्बमको “माथी माथी हिमाली भेगमा…” बोलको उनको गीत अहिले चर्चाको शिखरमा छ। बिन्द्यावासिनी म्यूजिकले बजारमा ल्याएको यो “एल्बम” को बिमोचन केहि समय अघि नेपाल टेलिभिजनको एक चर्चित लाइभ कार्यक्रमबाट गरिएको थियो।

३५४३ Total Views ३ Views Today

Comments