कहाँ छ मगरको इतिहास?

Published: January 14, 2018 | 7:10 am | आइतवार, पुस ३०, २०७४ | २३३३९ पटक पढिएको

 

नेपालको प्रमाणिक इतिहासको रुपमा हेर्दा किराँतकाल लिन सकिन्छ, किराँतीहरुले आफ्नो पहिलो राजा यलम्बरलाई मान्ने गर्छन्। त्यस भन्दा अगाडी गोपाल , महिषपाल जस्ता अन्य जातिहरुको राज्य थियो भन्ने अपुष्ट इतिहासहरु पनि छन्, प्रष्ट प्रमाणको अभावमा यसलाई प्रमाणिक इतिहासको रुपमा लिईँदैन।

नेपालको प्राचिन इतिहास किरांत कालदेखि सुरु भएको हो भन्ने मान्यता स्थापित भैसकेको छ। त्यसपछि लिच्छिविकाल र मल्लकाल हुँदै नेपाल एकिकरणको इतिहास बाट अहिलेको यो भूबनोट र सामाजिक संरचनामा नेपाल छ।

तर एक लेखमा कथित विद्धान प्राध्यापक सुरेन्द्र केसीले नेपालको प्रमाणिक इतिहास लिच्छिविकाल बाट सुरु भएको जिकिर गर्दै किरांतकालिन इतिहासलाई स्वीकार्न सकेको देखिदैन।

जगदीशचन्द्र रेग्मी द्वारा लिखित “लिच्छिवी संस्कृति” को निष्कर्षलाई आधार मान्दै उनि भन्छन् लिच्छिविकालमा गुरुङ मगर र यस्तै मंगोल खलकका अरु जातिहरुको परिचयसम्म पाइंदैन, सम्भवतः यी जातिहरु पछी मात्र नेपाल आएका थिए भन्ने भन्ने कुरालाई भ्रामक रुपमा असत्य स्थापित गर्ने कुचेष्टा गर्न खोजेको देखिन्छ।

सम्भवतः करिब २५०० वर्ष पहिलेदेखि भोटबर्मेली मूलका मानिसहरू नेपालमा बसोबास गर्दै आएको भनिन्छ ।

५औं शताब्दिको उत्तरार्द्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छवीवंश अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो । १३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो।

लिच्छवीकाल/मल्लकालको इतिहास भनेको अहिलेको सिंगो नेपालको इतिहास होइन यो तत्कालिन समयको काठमाण्डौ खाल्डोको मात्र इतिहास हो। नेपाल एकिकरण पुर्व पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल हालको संघिय नेपालको ४,५ र ६ नम्बर प्रदेशको अधिकांश पहाडी क्षेत्र बाह्र मगराँत्, अठार मगराँतको इतिहास हो। भने मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमको अधिकाशं भूभाग खसराज्यको इतिहास हो।

नेपाल एकीकरण हुनु अगाडीको बाइसे-चौविसे राज्यहरु थिए। कालिगण्डी पुर्वको क्षेत्रलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनिन्छ। यो क्षेत्रमा बाह्र मगराँत र अठार र मगरातको इतिहास छ। बाह्र मगराँत अन्तर्गत पर्ने र मगरहरु अत्यधिक घना बस्ति रहेको पाल्पा- वुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्ष अगाडी देखि बोसोबास सुरु भैसकेको तथ्य स्थापित भैसकेको छ। यसले यो सम्भावनाको आँकलन गर्न र निष्कर्षमा पुग्न सकिन्छ कि नेपालमा आदिमकालदेखि बस्दै आएको र नेपालमै उत्पति भएको जाति मगर हो। त्यसो त् बाह्र मगराँत र अठार मगराँत् क्षेत्रमा अधिकाशं स्थानीय ठाउँहरुको नाम मगर भाषाबाट आउने छ तर भ्रंश-अपभ्रशं हुदै अहिले अधिकाश प्राचिन नामहरु नेपाल एकीकरण पश्चात नेपाली/खस/हिन्दुकरण हुँदै/ गर्दै परिवर्तन हुदै आएको छ।

यसरी नेपाल एकीकरण पश्चात राज्य सत्ताले जसरि हुन्छ यहाँको आदिम मानव समुदायको सभ्यता इतिहास र भाषा संस्कृतिलाई निचोर्दै, मेट्दै आउने र जाने भए पछी अहिलेका कथित इतिहासकार, विद्धानहरुले आदिम कालदेखि नेपालमा बसोबास गर्दै आएको मगर समुदायको इतिहास भेट्न त् कठिन हुने नै भयो नि।

सन्दर्भ स्रोत:  नेपालको प्राचिन इतिहास विकिपिडिया, मगर जातिको इतिहास ।

डोलु आले मगर।

२३३४० Total Views ६ Views Today

Comments