समुन्द्रको सबैभन्दा गहिरो ठाउँमा घातक रसायन , मानिसलाई असर गर्ने वैज्ञानिकको दाबी

Published: February 21, 2017 | 5:33 am | मङ्लबार, फाल्गुन १०, २०७३ | ४८५३ पटक पढिएको

Hirondellea-gigas-Deep-sea-pollution-standard

 

 

एजेन्सी: वैज्ञानिकहरुको एक अध्ययनले करीब ७० को दशमा प्रतिबन्धित घातक रयान समुन्द्रको सबैभन्दा गहिराई ठाउँ मारियाना ट्रन्चमा भेटिएको दाबी गरेको छ। सूर्यको प्रकाश नछिर्ने ठाउँमा समुन्द्रबाट करीब १० किलोमिटर गहिराईमा भेटिएको उक्त रसायन भेटिएको अनुसनधानकर्ताको नेतृत्व गरेका बेलायतको न्यूकसल यूनिवर्सिटीका अलाम ज्यामिसनले आफ्नो अनुसन्धान मार्फत दाबी गरेको छ।

ज्यामिसनका अनुसार मारियाना ट्रन्च जमिनको सबैभन्दा गहिरो ठाउँ हो। यहाँ समुन्द्र करीब १० हजार ९ सय ९४ गहिरो छ। यति गहिराईमा एउटा वा दुईटा पनडुब्बी जहाज मात्रै जान सम्भव हुन्छ। उक्त गहिराईमा सूर्यको प्रकाश समेत छिर्न सक्दैन। सोही ठाउँमा मानिसले गरेको प्रदूषण पुगिसकेको छ।

मारियाना ट्रेन्चमा पुगेको उक्त प्रदूषणले मानव जीवनमा ठूलो प्रभाव पार्ने भन्दै वैज्ञानिकहरु चिन्तित बनेका छन्। उनीहरुले उक्त ठाउँमा विशालु रसायनहरु धेरै मात्रामा जम्मा भएका दाबी गरेका छन्। अनुसन्धानको क्रममा एउटा रोबोटिक पणडुबीले उक्त फोहोर(दिसा)को तस्बिर बाहिर लिएर आएका छन्।deepest-reaches-of-the-ocean-58aae48260f267.49270724

यूनिवर्सिटीका ज्यामिसनले भनेका छन्, ‘हामीले अहिले पनि मानवीय कारणले समुन्द्र अति नै प्रदूषण भएको छ। तर पनि समुन्द्र प्राकृतिक अवस्थामै अवस्थित छ।मानिसले यसलाई असर नगर्ने सोचिरहेका छन्। तर यसले भविष्यमा ठूलो क्षति पुर्‍याउने हाम्रो अनुसन्धानले देखाएको छ।’

उनका अनुसार समुन्द्रको गहिराईमा भेटिएको प्रदूषणले मानिसको जीवनचक्र र वातावरणीय चक्रमै परिवर्तन ल्याइदिन सक्नेछन्।वैज्ञानिकहरुले सन १९७० को दशकमा एकदमै विशालु रसायन (पिओपी) भेटाएकाले उक्त रसायनलाई प्रतिबनधित लगाएका थिए। उनीहरुले यसलाई पर्सिस्टेन्ट अर्ग्यानिक पोलुटेट्स नाम दिएका थिए।

यो प्रकृतिमा जैविक रुपमा नष्ट हुदैन। यो तत्व क्यानडाको आर्कटिकको किलर ह्‍वेल तथा पश्चिमी युरोपको डल्फिनको शरीरमा भेटिएको थियो। पीओपीको उत्पादन सन् १९३० देखि १९७० को दशकमा धेरै मात्रामा भेटिएो थियो।

वैज्ञानिकका अनुसार पीओपीको उत्पादनको एक तिहाई अर्थात १.३ टन समुन्द्रमा घुलेर बसेको छ। यसकारण वैज्ञानिकहरुले मारियाना ट्रेन्चलाई एउटा ढलानलाई साइरेना डीप समेत भनेर उल्लेख गरेका छन्।

यता, अमेरिकी वैज्ञानिकहरुले उक्त साइरेना डीपमा वियरको बोत्तल, टिनको बट्टा र प्लास्टिकको झोला अत्यधिक मात्रामा पाइएको बताएका छन्।

४८५४ Total Views ६ Views Today

Comments