इन्काउन्टर’ मा मिल्यो प्रहरीलाई सफलता ,अपराधीको हातमा आधुनिक इन्सान राइफल

Published: November 14, 2016 | 12:34 pm | सोमवार, कार्तिक २९, २०७३ | ८७५६ पटक पढिएको

 

 58299d46238b2

संजय मिश्रा

रौतहट – सोमवार विहान भएको भीडन्तमा प्रहरीलाई सफलता मात्र हात लागेन, घटनाले प्रहरीलाई थप गम्भिर पनि बनायो ।

घटना थियो, प्रहरी र अपराधिक समूहबीचको भीडन्त । तराई–मधेशमा यस्ता घटना बेला–बेला भैरहन्छन् । तर, सोमवारको घटना यसकारण प्रहरीका लागि गम्भिर थियो कि, घटनापछि प्रहरीले बरामद गरेको हतियार ।
पूर्व सूचनाका आधारमा प्रहरीले अपराधी समूहको खोजी गरिरहेको थियो । यही बेला जिल्लाको देवाही–८ लालबकैया नदीको बाँधमा प्रहरी र अपराधी समूहबीच भीडन्त भयो । केही समय भएको दोहोरो भीडन्तमा एक मारिए, तीन भाग्न सफल भए । यो सोमवार विहान ६ बजेको घटना हो ।58299d4731f75

मारिएका व्यक्तिबाट प्रहरीले आधुनिक हतियार बरामद गर्यो । सीमा क्षेत्रमा अपराधीका हातमा त्यस्ता हतियार भेटिनु प्रहरीका लागि चिन्ताको विषय थियो र यही कारण प्रहरी गम्भिर बन्यो । भीडन्तमा मारिने व्यक्ति भारतीय नागरिक हुन् । प्रहरीका अनुसार दोहोरो भीडन्तमा मारिएका व्यक्ति हुन्, भारत बिहार, ढाका थानाक्षेत्र अन्तर्गत कोरैया लौखान घर भएका ४४ बर्षका तेजिलाल साह । भीडन्तमा साहको शरीरको विभिन्न भागमा गोली लागेको छ ।

भीडन्तपछि प्रहरीले म्यागजिन र गोलीसहितको एकथान अत्याधुनिक हतियार ईन्सास, एकथान ईटालियन पेस्तोल र एकथान नलकटुआ पेस्तोल बरामद गरेको थियो । ईन्सास नेपालमा सुरक्षा फौजले मात्र प्रयोग गर्ने हतियार हो । अपराधी समूहका हातमा यस्तो हतियार भेटिनुलाई प्रहरीले गीम्भरतासाथ लिएको छ ।58299d4608c7b

प्रहरीलाई आधुनिक हतियारसहित चार जनाको टोली हिँडेको सूचना प्राप्त भएको थियो । त्यही सूचनाका आधारमा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोली र चारजनाको संख्यामा रहेका अपराधिक समूहबीच भीडन्त भएको थियो । भीडन्तमा दुवै तर्फबाट १५ भन्दा बढी राउण्ड गोली प्रहार भएको थियो ।

भीडन्तमा एकजना प्रहरी जवान पनि घाइते भएका छन् । मध्यक्षेत्र दरबन्दी भएका सुरेन्द्र चौधरीको खुटामा गोली लागेको छ । उनलाई थपउपचारका लागी बिरगंज पठाईएको एसपी डाक्टर गणेश रेग्मीले बताए ।

मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका डिआईजी पशुपती उपाध्यायका अनुसार पछिल्लो केही महिनादेखि रौतहटसँग जोडिएको भारतीय सीमामा अत्याधुनिक हतियारको अबैध ओसार–पसार तथा खरीद–बिक्री गर्ने समूह सक्रिय रहेको सूचना प्रहरीलाई थियो । यही सूचनामाथि प्रहरीले नजर लगाएको थियो । र, आफ्नो तरिकाले खोजि जारी गरेको थियो ।
डिआईजी उपाध्यायका अनुसार नेपाली सेना र भारतीय एसएसबीले मात्र प्रयोग गर्ने हतियार ईन्सास बरामद हुनु प्रहरीको लागि ठूलो उपलब्धी हो ।

प्रहरीलाई आशंका छ कि, उक्त समूहले हतियारको भरमा जिल्लामा कुनै ठूलो अपराध गर्न सक्थ्यो । महत्वपुर्ण ब्यक्तिको हत्या,अपहरण, लुटपाट जस्ता घटना गराउन उक्त समूह लागेको हुन सक्ने उपाध्यायको अनुमान छ ।

बरामद भएको ईन्सासको नम्बरको आधारमा हतियार कहाँबाट ? आएको हो भन्ने खोजि भैरहेको डिआईजी उपाध्यायले जानकारी दिए । घटनापछि ्रहरीको टोलीले देवाही आसपासका गाँउमा बिहानै देखि निगरानी बढाएको छ । भीडन्तमा परेर भागेकाको खोजी गरिरहेको छ ।58299d47e05eb

यसअघि दशैंताका मध्य क्षेत्रको टोलीले हतियारको कारोवार भइरहेको सुचना पाएको थियो । तर, त्यहाँबाट प्रहरीले अवैध चल्लासहित १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

त्यसअघि भारतीय अपराधीले विरगंजका व्यापारीको अपहरण गरेका थिए । ठूलो रकम फिरौती बुझाएर व्यापारी अपहरणमुक्त भएका थिएrautahat-encounter-768x366

८७५७ Total Views ३ Views Today

Comments