आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको क्षेत्रीय कमिटी गठन

Published: November 7, 2016 | 1:22 pm | सोमवार, कार्तिक २२, २०७३ | ११८९ ७ पटक पढिएको

संवाददाता,

आदिवासी  जनजाति  महासंघ  दक्षिण कोरियाले  दक्षिण  कोरियाको छल्लानाम्दो स्थित ख्वाङ्जुलाई  केन्द्र  बनाएर क्षेत्रीय  कमिटी पहिलोपटक गठन गरेको  छ।

 

khwangju

ख्वाङ्जु स्थित “विदेशी सहयोग सेन्टर” मा पत्रकार तथा  समाजसेवी श्री  राजु श्रीको प्रमुख आतिथ्यमा  भएको  भेलाले अध्यक्षमा  पर्वत राइलाई  सर्वसम्मत  रुपमा  चयन  गर्दै ३१  सदस्यीय कार्य  समिति गठन गरेको  छ. जसमा वरिष्ठ उपाध्यक्ष प्रणाम राइ , उपाध्यक्ष द्वय पासाङ नोर्बु शेर्पा र  कृष्ण गुरुङ, सचिवमा मार्सल फागो र  सहसचिवमा प्रिया  योन्जन, त्यस्तै प्रवक्तामा  जिमी  लामा, कोषध्यक्षमा रिन्जी शेर्पा र सह-कोषाध्यक्षमा गोपाल सारु रहेका  छन्। भने  सदस्यहरुमा दिपिका  गुरुङ , हेम राइ, गगन मगर, किरण राइ, सनत लिम्बु, दिल राइ, योग राज राइ, संजित तामांग , संजय  गुरुङ, ल्ह्याक्पा शेर्पा, विनोद गुरुङ, तुला लिम्बु, सोनाम शेर्पा,  धन बहादुर  मगर, राडु लया  राइ, गुड्डु  गुरुङ, मोहन घले, हिमाल आले मगर ,जयमान तामांग , मिलन लिम्बु, ओम सागर  घर्तीमगर र जोन मगरलाई सर्वसम्मत रुपमा  चयन  गरिएको  छ।

त्यस्तै ४ सदस्यीय  सल्लाहकारहरुमा तुला लिम्बु, राजु श्री, डोलु  आले  मगर, र जीवन  राई रहेका छन्।

कार्यक्रमलाइ  सम्बोधन  गर्दै प्रमुख  अतिथि राजु श्रीले आदिवासी जनजातिका अग्रजहरुले  देशको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित संगै नेपाललाई चिनाउनको   लागि ठुलो  योगदान  गरेको स्मरण  गराउंदै किरांत  धर्मगुरु फाल्गुनन्द देखि  अरनिको, लखन थापा मगर  देखि पासाङ  ल्ह्यामु शेर्पासम्मको चर्चा  गरेका  थिए।

बहु पहिचान् मुलक विविध  भाषा, धर्म, संस्कार, सस्कृति, रितिरिवाज, परम्परा, कला,भेषभूषाले भरिपूर्ण र  विविधता युक्त  नेपालको पहिचानलाई प्रवासमा रहेर पनि   सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्यको  साथमा आदिवासी जनजाती महासंघ दक्षिण  कोरियाको क्षेत्रीय  संगठन गठन गरिएको नवनिर्वाचित अध्यक्ष पर्वत राइले बताएका  थिए।

parvat

 

kw

 

११८९ ८ Total Views ३ Views Today

Comments