कविता: दशैँ

Published: October 6, 2016 | 12:52 am | बिहिबार, अशोज २०, २०७३ | ५०५४ पटक पढिएको

कवि: हाङयुग अज्ञात

fb_img_1475714840658

दशैं
—–

यो चोटि
दशैं बहिष्कार गर्न
जरुरी छैन

यो चोटि
स्वयं दशैंले
आत्मसमर्पण गर्ने
सम्भावना बढ्दैछ

तेल छैन
चामल छैन
दाल छैन
राँगो छैन

गोर्खा दरबारबाट
फूलपाती आएर के गर्नु
दिल्ली दरबारबाट
शुभकामना नआए पछि

यो चोटि
दशैं बहिष्कार गर्न
जरुरी छैन

दशैं नाकाबन्दीमा
थुनिने जोखना छ ।

( गतसाल लेखिएको कविता, कविको फेसबुकबाट साभार)

 

५०५५ Total Views १२ Views Today

Comments