पुष्पकमल दाहाल प्रचण्ड नेपालको नयाँ प्रधानमन्त्री

Published: August 3, 2016 | 10:08 am | बुधबार, साउन १९, २०७३ | ३२६८ पटक पढिएको

pushpa_kamal_dahal--621x414काठमाडौँ

भिजननेपाल टिभी डटकम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

बुधबार व्यवस्थापिका–संसदको बैठकमा भएको प्रधानमन्त्रीको निर्वाचनबाट प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । निर्वाचनमा प्रचण्डको पक्षमा ३६३  मत परेको थियो भने विपक्षमा  २१०  परेको थियो । ५९५ सदस्य रहेको संसद्मा ५७३  मत खसेको थियो ।

प्रचण्डको पक्षमा कांग्रेस, नेकपा माओवादी, राप्रपा, संघीय समाजवादी फोरम नेपाल लगायतका १६ बढी राजनीतिक दलका सांसद थिए ।  नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका दलका सांसदले विपक्षमा मतदान गरेका थिए ।

 

३२६९ Total Views ६ Views Today

Comments