ड्रिम्स पाईरेसी गर्ने दुईजना पक्राउ

Published: June 2, 2016 | 12:07 pm | बिहिबार, जेष्ठ २०, २०७३ | १०४६९ पटक पढिएको

Dreams-trailer-1

अनमोल केसी स्टारर नेपाली चलचित्र ‘ड्रिम्स’ पाईरेसी गर्ने दुईजना पक्राउ परेका छन् । यो चलचित्रको डिजिटल अधिकार लिएको हाईलाईट्स नेपालका कर्मचारीबाट नै पाईरेसी भएको कम्पनीमा कर्मचारी समेत रहेका विधान गुरुङ् पक्राउ परेपछि स्पष्ट भएको छ ।

निर्तामा तथा निर्देशक भुवन केसीका अनुसार गुरुङ् र अर्का काभ्रेको बनेपा निवासी व्यक्ति चन्द्र नगजु पक्राउ परेका हुन् । केसीले कम्पनीलाई दिईएको मास्टर कपीबाट नै चलचित्र बजारमा पुगेको बताए ।

भुवनले दोषीलाई कडा भन्दा कडा सजायँ हुनुपर्ने बताएका छन् । हाइलाईट्स नेपालका सञ्चालक ओम गुरुङ्ले आफ्नो कर्मचारीले गलत गरेको स्विकार्दै कानुनलाई सघाउने बताएका छन् ।

१०४७० Total Views ३ Views Today

Comments