किरण चाम्लिङ्को आकाश छुने रहर गीतको भिडियो सार्वजनिक

Published: March 27, 2021 | 3:43 pm | शनिबार, चैत्र १४, २०७७ | २७६८ पटक पढिएको

 

यो जीवन जगतको हर कुराहरुको शृष्टी सँगै अन्त्य पनि हुन्छ नै, पूरा जीवन बाँचेर जीवनको पुर्णविराम लाग्नु स्वभावीक हुनसक्छ तर जीवनको किशोरावस्था मै केही गर्ने उद्देश्यले संघर्ष गर्दा गर्दै मृत्युले रोज्छ भने कस्को पो हृदय नटुक्रीएला र ! यहीं घट्ना घट्यो धरान १७ निवासी किरण चाम्लिङको जिवनमा , उनले आफ्नो दिदीलाई करिब ९ बर्ष अघी अल्पायुमै गुमाउनु पर्‍यो , यहीँ पीडालाई उनले बर्षौ बर्षसम्म गीत मार्फत स्मरण गर्ने प्रयास स्वरूप ,आफ्नी दिदीलाई समर्पित गर्दै यो  ‘आकाश छुने रहर…’ गीतको म्युजिक भिडियो भर्खरै निर्माण गरेका हुन ।

 

 

उनले Songs Nepal को युट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन । दिदिमा समर्पित यो म्युजिक भिडियोको निर्देशन सम्पादनमा प्रशान्त कृएशन ,मिक्सिङ्- मास्टरीङ् बिशाल गुरुङ , प्रोड्युसरमा देबराज याख्खा रहेका रहेका छ्न भने संगीत , स्वर र रचना भने किरण चाम्लिङ कै रहेको छ । गितारमा गायक चाम्लिङलाई मदन भुजेलले साथ दिएका छ्न भने भिडियोमा गायक कै बजु राम कुमारी राई , र बाल कलाकारहरुमा खुदाहाङ र चासुम रहेका छन । भिडियो हेर्न लिंक क्लिक गर्नुहोस :

२७६९ Total Views ३ Views Today

Comments