संखुवासभा संम्पर्क परिवार द. कोरियाद्वारा मुटुरोगीलाई आर्थिक सहयोग

Published: August 3, 2020 | 11:45 am | सोमवार, साउन १९, २०७७ | १८७१ पटक पढिएको


संखुवासभा संम्पर्क परिवार दक्षिण कोरियाद्वारा संखुवासभा जिल्ला मादी नगरपालिका-५ पैनागी स्थायी ठेगाना भएकी मुटू रोगी निमाल्हमु शेर्पाको उपचारमा सहयोग पुर्याउने उदेश्यले आर्थिक सहयोग गरेको छ। कोरियामा रहनुहुने नेपालिहरुमाझ सहयोगको अपिल गरी संकलित रकम सुक्रबार बिरामिलाई हस्तान्तरण गरिएको हो।

 

संस्थाका संस्थापक अध्यक्ष गणेश घिमिरेले बिरामिलाई नगद रु ६७,२०० हस्तान्तरण गर्नुभएको उक्त कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु भुपालमान बस्नेत,रेख बहादुर गुरुङ साथै बर्तमान सचिव पुरन याम्फु लगायत उपस्थित हुनुहुन्थ्यो।बिरामिको निवासमै पुगेर रकम हस्तान्तरण गर्दै वहाँहरुले बिरामिको सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो।

 

 

सहयोग प्राप्त गरिसकेपछि बिरामि शेर्पाले कोरियामा रहनुहुने सबै सहयोगिहरुलाई धन्यवाद दिदैं सबैको साथ र सहयोगले आफुँ चाडैं स्वश्थ हुने बिस्वास ब्यक्त गर्नुभयो। संम्पुर्ण जायजेथा निरन्तरको उपचारमा खर्च भई ऋणसमेत लिएर उपचार गरिरहेकोले सबै सघं संस्थाहरुलाई सहयोगको लागी अपिल गरिएको बिरामी शेर्पाले बताउनुभयो।

 

 

कोरियामा रहेका जिल्लाबासीहरुको उक्त संस्थाले देशमा तथा जिल्लामा आईपर्ने बिभिन्न बिपत तथा समस्यामा रहेका जिल्लाबासीहरुलाई लामो समयदेखी निरन्तर सहयोग गर्दै आईरहेको तथा जिल्ला भित्रका गरिव तथा बिपन्न छात्रछात्रा हरुलाई प्रत्येक बर्ष छात्रवृत्ति बितरण गर्दै आईरहेको छ।

१८७२ Total Views ३ Views Today

Comments