कला राईको नयाँ संगितिक कोशेली “लाग्छ मलाई” सार्वजनिक

Published: June 19, 2020 | 2:53 am | शुक्रबार, असार ५, २०७७ | १६३४ पटक पढिएको

भिजन नेपाल टीभी :

नेपाली सांगीतिक क्षेत्रमा सुपरिचित एबम बरीष्ठ गायिका कला राईले नयाँ संगितिक कोशेली दर्शकहरुलाई लिएर आएकी छन। पान्धारे चौकिको अपार सफलता पछी “लाग्छ मलाई” लिएर आएकी हुन। बि.बि. गुरुङको शब्द, बिष्णु अधिकारीको संगीत रहेको गीतमा गायिका कला राईको सुमधुर स्वर रहेको छ ।

भोजपुरमा जन्मेकी गायिका राईले, यस गिताकको भावले प्रस्तुत गरेका ति कला, संस्कार, संस्कृति र प्रकृतिसंगको तादम्यताले भरिपूर्ण रहेको यो गीतमा आफु जन्मे हुर्केको र बालापनदेखि खेलेको गाँउघरको झझल्को मेटाउने भरपुर प्रयास गरेकी छिन । आफू जहाँ रहे पनि/ जहाँ गएपनि आफ्नो सानो गाउँघरको यादले सधै सताएको गायीका राईले यो गीतमा व्यक्त गरेकी छन् ।

 

 

कोरोना महामारीको बिचमा रिलिज भएको यस गीतलाई पनि गायिका राईले आफ्नै युटयूब च्यानल (Kala Rai_Art Creation) मार्फत सार्बजनिक गरेकी हुन् । अहिलेसम्म सयौं चर्चित गीत, संगीत र म्यूजिक भिडियो तथा विभिन्न च्यानलहरुमा छाउदै आइरहेकी राइले नेपालमा सांगीगीतिक यात्रामा आफ्नै छुट्टै पहिचान पनि बनाइँ सकेकी छिन । उनले धेरै देश तथा बिदेशमा संगितिक शो गरिसकेकी छिन् ।

 

गीतमा बिष्णु अधिकारीको संगीत संयोजन रहेको छ भने भिडियो सम्पादन अनिल कटवालले गरेका छन् ।

म्युजिक भिडियो हेर्नुहोस :

१६३५ Total Views ३ Views Today

Comments