मुख्यमन्त्री राईले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरे

Published: June 9, 2020 | 3:55 pm | मङ्लबार, जेष्ठ २७, २०७७ | १०४३ पटक पढिएको

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका छन् ।
आइतबार प्रदेश सरकारको सहयोगमा धरानस्थित वीपी प्रतिष्ठानले तयार पारेको एक सय बेडको (कोरोना भाइरस) अस्पतालको निरीक्षणको क्रममा स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गरेका हुन ।

 

मुख्यमन्त्री राईले भने २ सय बेडको कोरोना अस्पताल बनि सकेको छ । ठाउँ ठाउँमा क्वारेन्टाइन बनाएका छौं । कोहीआतिनु पर्ने अवस्था छैन् । उनीसँगै सभामुख प्रदिप भण्डारी, सामाजिक विकास मन्त्री जीवन घिमिरे, मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

पुरा भिडियो हेर्नुहोस :

 

१०४४ Total Views ३ Views Today

Comments