कि.या.चु. बुसान कोरियाको तेस्रो अधिबेसन सम्पन्न, अध्यक्षमा- दिवा वरुम्हाङ लिम्बु

Published: February 12, 2020 | 1:46 am | बुधबार, माघ २९, २०७६ | २२३७ पटक पढिएको

 

 

बुसान कोरिया / किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरियाले तेस्रो ऐतिहासिक अधिबेसनबाट नया नेतृत्व पाएको छ । उक्त अधिबेशन किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सेल्टर भबनमा आईतबार सम्पन्न भएको हो । जसबाट महिला नेतृ दिवा वरुम्हाङ् लिम्बुको नेतृत्वमा अहिलेलाई १३ सदस्यीय कार्यसमिति सर्बसम्मतले चयन भएको छ । अध्यक्षमा- दिवा वरुम्हाङ लिम्बु, उपाध्यक्ष- नफिसा लिम्बु, याम लिम्बु, सचिब- सन्जोग कन्दङ्वा, उप सचिब- टिका राज पन्धाक, कोसाध्यक्ष- बिर्बल केरुङ, सदस्यहरुमा- सुक्रराज कन्द्ङ्वा, सानु कन्दङ्वा, भुपाल योङ्हाङ, मेन्सन लिम्बु, बिरेन्द्र आङ्देङ्बे, सन्तोस लिम्बु, र सुगम जबेगु सर्बसम्मत रुपमा चयन भएको हो । कोषाध्यक्ष बिर्बल केरुङ पुनः सोही पदमा चयन भएका छन् ।

 

 

कार्यसमिति १९ सदस्यहरु बनाउने योजना भएको कारण वरिष्ठ उपाध्यक्ष सहित ६ जना कोरियाको बिभिन्न क्षेत्रलाइ समेट्दै पुर्ण १९ सदस्यीय कार्यसमिति गठन गर्ने अध्यक्ष दिवा वरुम्हाङ लिम्बुले जानकारि दिनुभयो । उक्त कार्यक्रम खुलासत्र र बन्दसत्र गरि दुइ भागमा सन्चालन गरिएको थियो । खुलासत्र कार्यक्रम निबर्तमान सचिब, चिन्तित कन्दङ्वाले सन्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अथिति- किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष मिराक पंग्धाक अग्नि, बिशेष अथितीमा- सागर मांग्मो सहित निबर्तमान अध्यक्ष किरण कन्दङवाको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

(नव निर्वाचित अध्यक्ष नेतृ दिवा वरुम्हाङ् लिम्बु )

 

उप सचिब, डम्बर सुब्बाको स्वागत मन्तब्य संगै सस्थाको प्रतिबेदन साथै दोस्रो अधिबेसनबाट हालसम्मको आय ब्याय ( आर्थिक प्रतिबेदन ) कोसाध्यक्ष- बिरबल केरुङ्ले पेस गर्नु भएको थियो । जुन एक कार्यकालको आर्थिक विवरण आय टोटल ६,६२,८०,१९१/-  वोन, साथै टोटल खर्च ५,६५,८७,४४९/-  वोन, भएको र बाकि कोषमा ९६९२७४२ वोन रहेको जानकारी गराएका थिए ।

 

 

अधिबेसनमा अध्यक्ष पदको लागि तिन जनाको दाबि परे सङ्गै निकै पेचिलो बनेको थियो अन्तत बुसान एरियामा महिला नेतृत्व अहिलेसम्म कुनैपनि सस्थाबाट नरहेकोले कि.या.चु. कोरियाको सबालमै यो उधारणीय हुने भन्दै दुइ दाबेदारिले आफ्नो उमेद्वारी फिर्ता लिएसङ्गै कुरो मिलेको थियो । सन् २०१४ मा स्थापना भएको समाज दोस्रो कार्यसमितिको एक कार्यकालमा गरेका चासोक तंङनाम कार्यक्रम, साथै डान्स पार्टी लगायत विभिन्न ९ वटा कार्यक्रमहरु गरेको गतिविधि प्रस्तुत गरीएको थियो ।

२२३८ Total Views ६ Views Today

Comments