संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा सहयोग हस्तान्तरण

Published: December 20, 2019 | 2:35 pm | शुक्रबार, पुस ४, २०७६ | २३८५ पटक पढिएको

 

 


संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले जिल्लाका सात वर्षिय ब्लड क्यानसर पिडित बालकलाई सहयोग हस्तान्तरण गरेको छ। मंगलबार काठमाडौं स्थित कान्ति बाल अस्पतालमा उक्त संस्थाका पुर्व संस्थापक अध्यक्ष गणेश घिमिरे,पुर्वअध्यक्षहरु भुपाल बस्नेत,रेख बहादुर गुरुङ तथा बर्तमान उपाध्यक्ष युबिन श्रेष्ठ लगायतका ब्यक्तिहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।

 

 

कोरियामा संस्थाको पहलमा सबै नेपाली समुदायलाई सहयोगको लागि आव्हान गरिएको र सबै कोरियामा रहनुहुने नेपालीहरुबाट प्राप्त रु. दुई लाख दश हजार रूपैयाँ(२०,९०,०००कोरियन वन)बिरामीको अभिभावक सेमन्त बुढाथोकी तथा गिता बुढाथोकीलाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै बिरामीको बुबा सेमन्तले सहयोग गरिदिनुहुने सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा धन्यवाद ज्ञापन गर्नुभयो।कार्यक्रममा बोल्दै उहाँले यसरीनै सबैको साथ पाए आफुले उपचार खर्च जुटाउन सक्षम हुने बताउनुभयो ।

 

 

सोही कार्यक्रममा बोल्दै संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष गणेश घिमिरेले सहयोग गर्नुहुने सबै कोरियावासी नेपाली समुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो उहाँले हाम्रो सानो प्रयासले कसैले जीवनदान पाउन सक्ने भन्दै यस्ता सामाजिक कार्यमा सबैको योगदान जरुरी रहेको बताउनुभयो। हाल बिरामीको अबस्थामा सुधार देखिनुको साथै दोस्रो चरणको किमोथेरापि उपचार भईरहेको जानकारी दिईएको थियो ।

२३८६ Total Views ३ Views Today

Comments