किम्पो शहरमा ” ग्लोबल इन्टरनेशनल फुड एण्ड कल्चर फेस्टिभल” हुने

Published: September 15, 2019 | 7:52 am | आइतवार, भदौ २९, २०७६ | २३७८ पटक पढिएको

 

यहीँ आउँदो 2019 sep 29आइतबारको दिन कोरियाको किम्पो शहरमा ” ग्लोबल इन्टरनेशनल फुड एण्ड कल्चर फेस्टिभल” हुने भएको छ । उक्त फेस्टिभलमा बिभिन्न देश जापान, थाइलेन्ड, चिन ,नेपाल, काेरिया गरी 12 देशले सहभागीता जनाउने भएका छन्।प्रत्येक बर्ष हुने याे फेस्टिभलमा नेपालको तर्फबाट “क्रीयटिभ एम्बिशन नेपाल् ” (क्यान ) ले सहभागी भएर नेपालको पहिचान झल्काउने सामग्री प्रस्तुत गर्ने तयारी गरेको छ ।

 

 

 

किम्पो शहर स्थित सामाजिक कार्यहरुमा अन्य संङ्घ संस्थाहरुसँग हातेमालो गर्दै अाइरहेको यस संस्थाले नेपालकाे पर्यटन प्रबर्द्धन तथा बिकाशकाे लागि एभरेष्ट नेपालमा पर्छ , शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने जस्ता नेपालकाे बारेमा विभिन्न प्रचार प्रसार गरि विभिन्न पर्यटकिय क्षेत्रकाे बारेमा बर्णन गर्ने तयारी गरेको छ । संस्थाले उक्त प्रचार प्रसारको लागी साथै विभित्र देशकाे खानाकाे परिकार, नृत्य, कल्चर नि: शुल्क रुपमा प्रदर्शन गर्न पाइनेहुँदा नेपालकाे तर्फबाट पनि स्थानीय नृत्यकलाकार हरुकाे नृत्य प्रस्तुति , लोकदोहोरी ,खैजडी नाचगान , अन्तररास्टिय मैतृपुर्ण फुटबल खेलमा नेपालीटोलीको सान्दार खेल, बासुरी मादलको तालमा मनोरन्जन गरिनेछ नेपालकाे राष्टिय झण्डाेत्तलनमा क्यान का सकृय सदस्य(राम फुयाल ) ले सहभागी भएर प्रस्तुती दिने भएका छन |

 

 

याे कल्चर एण्ड फुड फेस्टिभललाई बृहत र भब्य बनाई 2020 को पर्यटन बर्ष को ब्यापक पर्चारगरिदिनु हुनका लागि काेरियामा रहनुहुने सम्पुर्ण बुद्दिजिबी ,बेपारि ,बिध्यार्थी समाजसेबी लगाएत आ-आफ्नु पेशामा आबद्ध नेपाली हरुलाई उपस्थितिको लागी क्रीयटिभ एम्बिशन नेपाल (क्यान ) का सम्पूर्ण संस्थापक साथीहरु लगायत अध्यक्ष दिपक गौतम र “किम्पो फोरेइनर सपोर्ट सेन्टरका” सल्लाकार गजेन्द्र भट्टले हार्दिक बिनम्र अनुरोध गरनु भएको छ।त्यसैगरी किम्फो एरियाका सफल युवा ब्याबासाही तथा यस संथाका संरक्षक उमेश बस्नेत ज्यु तथा क्यान का नि बर्तमान अध्यक्ष रोहित गुरु्ग ज्यु ले कार्यकरम सफल बनाउन आह्वान गर्नु भएकोछ।
उक्त बहु-सांस्कृतिक संयोजनको कार्यक्रममा बिभिन्न देशका बिभिन्न प्रकारका परिकारहरुको समेत स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

२३७९ Total Views ३ Views Today

Comments