स्व. सनोज सोबितको परिवारलाई पाचथर सेवा समाज द. कोरियाले एक लाख रुपैया आर्थिक सहयोग गर्यो

Published: March 27, 2019 | 2:01 pm | बुधबार, चैत्र १३, २०७५ | ३२७२ पटक पढिएको

 

युगल किशोर लिम्बु –

गत तीन महिना आघि कोरियाको याङ्जुमा मृत्यु भएका भएका पाचथर मिक्लाजुङ १ निवासी सनोज सोबित आङ्देम्बेको परिवारलाई पाचथर सेवा समाज दक्षिण कोरियाले एक समारोह गरि एक लाख रुपैया आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।

पाचथर सेवा समाज दक्षिण कोरियाको अध्यक्ष राजेन्द्र चेम्जोङको अध्यक्षतामा मार्च २४ तारिक आईतबार आयोजना गरिएको सो समारोहमा बिभिन्न संघ संस्थाको पदाधीकारीहरु लगायत अन्य समाजसेवीहरुको बाक्लो उपस्थिती माझमा सो रकम मृतक आङ्देम्बेको आफ्नो दाई दिलेन्द्र आङ्देम्बेलाई हस्तान्तरण गरिएको थियो ।

 

करिब ५ वर्ष अघि कोरिया प्रबेश गरेका सनोजको सुतेकै ठाउमा मृत्यु भएको थियो । मृतक सनोजको श्रीमती पनि कोरिया मै कार्यरत रहेको छन् भने उनका एक छोरा पनि छन् ।

३२७३ Total Views ३ Views Today

Comments