मंसिर अन्तिम साता नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुने

Published: November 18, 2018 | 7:50 am | आइतवार, मंसिर २, २०७५ | १६३७ पटक पढिएको

मंसिर अन्तिम साता काठमाडौंमा ‘अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम २०७५’ हुने भएको छ।

‘कला संस्कृतिमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ मंसिर २५ देखि २८ सम्म हुन लागेको कार्यक्रममा फिनल्याण्डकी पूर्वराष्ट्रपतिताराजा हालोनिन् सहित १० देशका कलाकार तथा विशिष्ट व्यक्तिको सहभागिता रहनेछ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक एसिसिएसी नेपालले सम्मेलनबारे जानकारी दिएको हो। सम्मेलनमा राष्ट्रिय कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रस्तुति रहनेछ। साथै, नेपालसँगै कोरिया, इजिप्ट, फिनल्याण्ड, जर्मनी, बेल्जियम, स्वीजरल्याण्ड, मोरक्को, सिंगापुर, स्वीडेनको कल, संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरु देखाइने छ।

नेपालको कला संस्कृतिलाई अन्तर्राष्टियस्तरमा पुर्याउने उद्देश्यले आयोजना गरिएको सम्मेलन मंसिर २५ देखि २८ गतेसम्म होटल याक एण्ड यतिमा हुनेछ। सम्मेलनले ‘भिजिट नेपाल २०२०’ लाई समेत सहयोग पुग्ने एसिसिएसी नेपालका संयोजक श्यामबाबु आचार्यले बताए।

१६३८ Total Views ३ Views Today

Comments