चकलेटी नायक धिरज मगर र रेनेशा बान्तावा राईको उपस्थितिमा इन्टु-मिण्टु लन्डनमा द. कोरियाको सोलमा प्रदर्शन हुने

Published: October 13, 2018 | 4:14 pm | शनिबार, अशोज २७, २०७५ | ७३३४ पटक पढिएको

भिजन नेपाल टिभि ,सोल

 

बहु प्रतिक्षित चलचित्र इन्टु- मिण्टु लन्डनमा नेपाल अधिराज्यभर यहि असोज ५ अर्थात सेप्टेम्बर २१ तारिकको दिनदेखि हलहरुमा लागेको छ । आजभोली नेपाली चलचित्रहरुले पनि विश्व चलचित्र बजारमा निकै स्थान पाईरहेको बेला अझ धेरै कौतुहलता र नयापनमा निर्माण भएको चलचित्र इन्टु -मिण्टु लन्डनले फेरी एकपटक नेपाली चलचित्र जगतलाई माथी उठाउने देखिएको छ । यही बिशेषता बोकेको चलचित्र इन्टु -मिण्टू लण्डनमा यही ओक्टोबर २८ तारिक आईतबारको दिन दक्षिण कोरियाको राजधानी सोलमा भब्य प्रदर्शन हुन गईरहेको छ।

 

 

सुम्निमा इण्टरटैन्मेण्टले सुम्निमा फ़ाउण्डेशन स्थापनाको उद्धेश्य राखी आफ्नो पहिलो प्रस्तुतीको रुपमा दक्षिण कोरियामा उक्त चलचित्र ल्याउन लागेको हो । नेपाल भरको हलहरुमा अहिले सबैले रुचाईरहेको चलचित्र इन्टु -मिण्टु लण्डनको निर्देशिका तथा चर्चित कोरियोग्राफर रेनेशा बान्तावा राईनायक धिरज मगर पनि २८ तारिक कोरिया आउने पक्का भएको आयोजकले जनाएको छ । ड्रिम्स चलचित्रबाट डेब्यु गरेका साम्राज्ञी राज्यलक्ष्मी शाह र अहिलेका चकलेटी नायक धिरज मगरको रोमान्स रहेको यो चलचित्र अहिले सम्मकै उत्कृष्ठ नेपाली चलचित्र मध्ये एक रहेको विभिन्न सचारमाध्यमले जनाईरहेको बेला दक्षिण कोरियामा पनि करिब ४० हजार नेपालीहरुले उक्त चलचित्र हेर्न पाउने आयोजकले जनाएको छ ।

 

रेनेशा बान्तावा राई र प्रज्वल एस्जेबी रानाको स्क्रिप्टमा तयार भएको यो चलचित्र सोलको झोगेसा गुम्बाको हलमा दिउसो ठिक १ बजे लाग्ने भएको छ । प्रवासको विभिन्न तनाव र पीडाहरुलाई एकछिन भएपनी दूर गराउदै मनोरंजन दिने उद्देश्यको साथ् उक्त चलचित्र प्रदर्शन भईरहेको हुदा सम्पूर्ण कोरियाबासी नेपालीहरुलाई उपस्थितिको लागीआयोजकले अनुरोध गरेको छ । प्रवेश शुल्क मात्र १५ हजार वन रहेको उक्त शो दशैं र तिहारको उपलक्ष्यमा राखिएको हुनाले समेत सम्पूर्ण नेपालीहरुले यो पटकको चाडलाई कोरियामै भएपनी नेपालमा भएको आभास गर्दै नेपाली कथानक चलचित्र हेर्नुपर्ने पनि आयोजकले जनाएको छ ।

 

१ नम्बर लाईनको ट्रेनबाट छोंगाक स्टेशनमा झरी गेट न २ बाट नजिकै रहेको झोगेसा हलमा चकलेटी नायक धिरज मगर र रेनेशा बान्तावा राईलाई भेट्न सकिने साथै उपस्थित भएर इन्टु मिण्टु लण्डनमा चलचित्र हेरिदिनुहुनको लागी आयोजकले सबैलाई हार्दिक अनुरोध गरेको छ ।

७३३५ Total Views ६ Views Today

Comments