दिब्य रोशनी राष्ट्रिय साप्ताहिक पत्रिकाको १४ औं वार्षिक उत्सव सोमबार सम्पन्न

Published: May 15, 2018 | 3:03 pm | मङ्लबार, जेष्ठ १, २०७५ | १६४९ पटक पढिएको

प्रदेश नम्बर १ काे  सुनसरीको धरानमा महिलाद्धारा सम्पादीत तथा प्रकाशित दिब्य रोशनी राष्ट्रिय साप्ताहिक पत्रिकाको १४ औं वार्षिक उत्सव सोमबार सम्पन्न भएको छ ।

विगतमा अत्यन्त असहज र अफ्ठ्यारा स्थितिको बाजबुद पनि पत्रकारिता क्षेत्रलार्इ निरन्तरता दिदैं १४ आं वर्षमा अर्इपुग्न सफल भएकोमा प्रकाशक तथा सम्पादक मनिता चाम्लिङले आफुलार्इ गर्व र खुशी मिलेको अनुभव व्याक्त गरेकी छिन । यसको सम्पुर्ण श्रेया ग्राहक, पाठक, तथा शुभचिन्तकलार्इ दिर्इकी छिन । अर्को प्रसंगमा महिलाले पनि अवसर पाएमा पुरूष सरह जस्तो सुकै काम गर्न सक्छ भन्ने आफुले उदाहरण दिन सफल भएको र १४ आ बर्षसम्म निरन्तरता दिन सफल भएको पनि बताएकि छिन ।

प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर मन्जु भण्डारी सुवेदीले पत्रकारहरूको हकहितका लागी स्थानिय सरकार र आफ्नो तर्फबाट सहयोग गर्न प्रतिवद्द रहेको वचन दिएका छन । त्यस्तै पत्रकारले आफूले जोखिम मोलेर भए पनि समाजलार्इ शुसुचित बनाउनमा सधै लडिरहनु पर्नेमा पनि जोड दिएका छिन ।

बार्षिक उत्सबको अवसर पारेर सुनसरीमा सुनसरीमा रहेर सामाजिक क्षेत्र र पत्रकारिता क्षेत्रबाट समाजमा महत्वपुर्ण योगदान पुर्याउदै आएका दिब्य रोशनी राष्ट्रिय साप्ताहिक पत्रीकाको प्रकाशक तथा सम्पादक मनिता चाम्लिङको दिवंगत बुवा स्व.प्रभुराम राईको नामबाट खुलेको सामाजिक पत्रकारिता सम्मान, चाम्लिङ कै दिवंगत कान्छा दाजु स्व.बाचुन राईको नामबाट स्थापना भएको सृजनशिल पत्रकारिता सम्मान र समाजसेवी पुरस्कार गरी ४ जनालार्इ सम्मान गरिएको छ ।

समाजसेवी पुरस्कारबाट ज्ञान चक्षु बिद्यालय धरान १५ की शिक्षिका बिद्या शाक्यलार्इ नगद रू ५ हजार १ सय र सम्मान पत्रले सम्मानित गरिएको छ । पूर्व गोर्खा सार्जन्ट तथा स्वार्गिय बुवा प्रभुराम राई सामाजिक पत्रकारिता पुरस्कारबाट फास्ट राष्ट्रिय दैनिकका सम्पादक तथा पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष केशव घिमिरे र गणतन्त्र एफ एम धरानका सामाचार शाखा तथा समाचार वाचिका रीता मोक्तान लाई नगद ५ हजार १ सय रुपैया सहित सम्मान पत्रले सम्मानित गरिएको हो ।

 

त्यस्तै दिवंगत कान्छा दाजु स्व.बाचुन राईको नामबाट स्थापना भएको सृजनशिल पत्रकारिता सम्मानबाट धरानका जुझारु पत्रकार तथा प्रबोध साप्ताहिकका सम्पादक गम बहादुर लमजेल सम्मानपत्र र नगद पाँच हजार एक सयले सम्मानित भए । कार्यक्रममा बिशिष्ट अतिथी पत्रकार महासंघका संस्थापक गिरीराज आचार्य, बरिष्ठ पत्रकार हर्ष सुब्बा र सम्मानितहरुको तर्फबाट केशब घिमिरेले आफ्नो मन्तव्य राखेका थिए ।

 

१६५० Total Views ३ Views Today

Comments