धन्न जिवित छँदै ओलीको कथित राष्ट्रवादी छवी नाङ्गियो नत्र इतिहास गलत लेखिने थियो।

Published: May 13, 2018 | 12:37 am | आइतवार, बैशाख ३०, २०७५ | ५३२१ पटक पढिएको

डोलु आले मगर,
नेपालमा  संविधान जारी भएपछि निर्वाचन हुने निश्चित थियो । संविधान जारी हुनु अगाडी नै भारतले नेपाल माथी अघोषित नाकाबन्दी गर्यो। संविधान प्रति आदिवासी जनजाती, मधेशी, दलित, मुस्लिम समुदाय असन्तुष्ट रहे। तिनैको हक अधिकार संविधानमा स्थापित हुन नदिन ओलीको मुख्य भूमिका रह्यो । मधेशी, आदिवासी जनजातीलाई सक्दो गाली गरे। नेपालको आन्तरिक समस्याको समाधान गर्नुको सट्टा उल्टै उग्र विरोध गरेर पहाडी र मधेशी बिचको भावनात्मक विभाजनको रेखा कोर्यो। मधेशमा आन्दोलनको आगो लाग्यो करिब पाँच दर्जन मधेशी नेपालीहरुले आहुति दिए। जसलाई ओलीले “झरेको आँपको दाना”को संज्ञा दिए त् कहिले “बिहारी” र “माखे सांग्लोको” ।
भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप विगत देखि गर्दै आएको थियो र त्यसलाई संविधान निर्माणको बेला पनि दियो। मधेश आन्दोलनमा अघोषितरुपमा साथ दिंदै भारत नेपाल माथि अमानवीय नाकावन्दीको हदमा  उत्रियो। मधेश आन्दोलनका मसिहाहरूले भारतको सद्भाव खोजे र आन्तरिक मामिलामा विदेशी हस्तक्षेपलाई निम्ता दिएरअधिकार प्राप्तिको  आन्दोलनलाई अपवित्र बनाए।
महाकाली सन्धि हुँदा प्रतिपक्षमा रहेका तत्कालिन एमालेले खासगरी माधवकुमार नेपाल र के.पी ओलीले त्यस सम्झौतालाई समर्थन गरेर र महाकाली नदि भारतलाई सुम्पन भूमिका खेलेका थिए जसको कारण राष्ट्रघाती नेताको रुपमा चित्रित हुँदै आएको ओलीले  संघियता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता र गणतन्त्र जस्ता विषयमा छुद्र  वाण प्रहार गरे। संविधानमा उत्पीडित समुदाय, मधेशी, आदिवासी  जनजाति, मुस्लिम, दलितको हक अधिकार, पहिचानलाई सकेसम्म कुण्ठित गर्ने अहम भूमिका निर्वाह गर्दै आएका ओलीले भारतीय नाकाबन्दीको बेला भारतको  विरोध गरे जसले उनलाई रातारात राष्ट्रवादी नेता बनाइदियो। खासमा त्यो भारतको विरोधको आवरणमा संविधानमा मधेशी, आदिवासी जनजातीहरुको पहिचान र हकअधिकार समेट्न नदिने खेल मात्रै  थियो भन्ने कुराको पुष्टी अहिले भएको छ।
बैशाख १२, २०७२मा   भूकम्पको विपत्ति आयो,  त्यही मौकामा विभेदकारी   संविधान असोज ३ गते जारी भयो । संविधान जारी भए पश्चात माओवादी केन्द्र का अध्यक्ष प्रचण्डको समर्थनमा केपी ओली नौ महिने प्रधानमन्त्री बने। भारतको आलोचना गर्दै  भारतलाई चाइना देखाएर  राष्ट्रवादी बने।
    पानीजहाज,  हावा बाट विजुली,  घर-घरमा ग्यास पाइपलाइन,  सुलसुले रेल जस्ता विकासका अनेकन सपनाहरु देखाए। तर काम केही गर्न सकेनन्। प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा काङग्रेसको समर्थनमा सरकार बनाएपछि नौ महिनामा सत्ताबाट बाहिरीन पुगेपछि त ओलीको भारत विरोधी भाषणहरु झनै उग्र भए । आफु बाहेक अरु कोही राष्ट्रवादी नभएको र आफु इतरका सबै नेताहरु भारत संग  लम्पसार परेको भन्दै उग्र राष्ट्रवादको कुरा गर्दै आए। मधेशी जनता र नेताहरु प्रति राष्ट्र  विखण्डनको आरोप लगाए र त्यही राष्ट्रवाद र समृद्धिकोको झ्याली पिटेर गठेबामले  चुनाव जिते ।
    संविधान जारी भएको पहिलो संसदिय निर्वाचन पश्चात एमाले – माओवादी केन्द्र को चुनावी बाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि अहिले तिनै ओली प्रधानमन्त्री छन्। प्रधानमन्त्री बने पश्चात भारत भ्रमणमा ओली गए तर नेपालको राष्ट्रियता,  स्वाधिनता र स्वाभिमानका कुरा उनले भारत भ्रमणको क्रममा दरिलो गरी राख्न सकेनन्। र  तिनै नाकाबन्दी को नाइके भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल भ्रमणमा आए ।   जसको सुरक्षाको नाममा नेपाल आमाको छातीमा भारतिय सेनाले बुट बजारे । नेपाली आकाशमा भारतिय सेनाको हेलिकप्टर उड्यो। हातहतियार सहित उडेको सैनिक हेलिकप्टर जोमसोम मुक्तिनाथ पुग्यो।
हिजो  चर्को राष्ट्रवाद को कुरा गर्नेहरुले  नदिनाला सुम्पेर स्वाधिनता भन्छन्,  मोदिको चाकडी गरेर आत्मसम्मान भन्छन् ! भारत संग रेल र पानीजहाज भीखमागेर स्वाभिमान रे! हिजो चिनबाट रेल र तेल भन्नेहरु अहिले लुरुलरु भारतसँग लम्पसार, मोदीको चाकडी गरेर सम्बन्ध सुधार रे!! लिपुलेक,  कालापानी,  सुस्ता लगायत   देशको सिमाना मिचिएको, भारतिय पक्षलेे सिमानामा नेपाली जनतालाई अनावश्यक दुख दिएको,  तराई मधेशमा भारतिय पक्षद्धारा निर्मित सडक,  भौतिक पुर्वाधारहरु अस्थायी बाँध र नदीहरूमा निर्माण गरिएको  बाँधको कारण वर्षेनी डुबानमा परेको र नेपाली व भूभाग वर्षेनी डुवान परेको  जस्ता ठोस विषयमा केही कुरा उत्थान गरेनन्।
उनका विगतले  ओलीलाई राष्ट्रवादी नेता पनि कहिल्यै मानिएन । भारतलाई गाली गरेर राष्ट्रवादी बन्नेहरुबाट देशलाई हिजो पनि खतरा थियो आज पनि छ र भोलि पनि रहनेछ । यिनको राष्ट्रवाद कुनै न कुनै दिन राष्ट्रिय सम्पती सुम्पेर पुष्टी हुनेछ भनेकै थिएँ आखिर हरिहर पोख्रेलले  ओलीको जिवनी बारे  “स्वाभिमानको सतिसाल” पुस्तक लेखेको ३ वर्ष नपुग्दै अहिले त्यही पुष्टि भएको छ ।
भारतको विरोध गरेर र उग्र राष्ट्रवादको कुरा गरेर राष्ट्रवादी हुँदैन रहेछ भन्ने चेत हिजोका  ओली भक्तजनहरुलाई अवश्य परेको होला। नेपाली नेताहरुको भारत विरोधी  राष्ट्रवाद केवल   सत्ता
आफुअनुकुल नहुँदाको छटपाह मात्रै हो,  यो राष्ट्रवाद पानीको फोका सरह हो भन्ने आफ्नै आँखा अगाडिको परिदृश्य बाट चेत अवश्य भयो होला ।
      मधेशमा मोदीको भव्य स्वागत हुदै गर्दा पहाडमा नाकाबन्दी को स्मरण गरियो। नाकाबन्दी एक अपराध थियो,  हामीले विर्षेको छैनौं भन्ने टुल र ब्यानरहरु सरकारले हटायो । मोदीको नेपाल भ्रमणको आलोचना गर्नेहरु पक्राउ परे।
   मोदीको यस भ्रमणले पुनः पहाडी र मधेशी बिचको केही बिभाजन कोरिएको देखियो तर तराई पस्न नसकेका ओली भव्य जनमानसागरको  उपस्थिति रहेको कार्यक्रम जनकपुरमा सहज उपस्थिति रह्यो । नेपालले जनकपुर,  काठमाडौं लगायत महानगरपालिका को चावी मोदीलाई सुम्पेर  लाचारी देखायो । नेपालले अरुण गुमायो भारतले अरुण उपहार पायो भने नेपालले  भारतबाट  उधारो आश्वासन बाहेक अरु केही पाउन सकेन ।
     भौगोलिक, सांस्कृतिक, धार्मिक,  भाषिक, व्यापारिक  जस्ता   कुराहरुले हामी भारत संग सुमधुर सम्बन्ध कायम राख्नु नै पर्छ। तर हाम्रै देशको नेताहरुले बारम्बार राष्ट्र, राष्ट्रियता र राष्ट्रवादलाई केवल आफ्नो चुनावी स्वर्थको लागि मात्रै प्रयोग, उपयोग गरे गर्दै आएको छ, जसले राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउने भन्दा अरु केही गरेन।
   सत्ता बाहिर रहदाँ भारतको विरोध गर्ने तर सत्तामा रहंदा भारतको चाकडी गर्ने, नेपालको  प्राकृतिक स्रोत साधन बेच्ने, नेपालको सिमाना मिचिएको बारे केहि कुरा उत्थान नगर्ने यस्ता प्रवृत्तिले खासमा नेपाललाई नै कमजोर बनाएको छ।
केपी शर्मा ओलीको कथित राष्ट्रवाद उनी जिवित छँदै नाङ्गो बनेको छ। यसले नेपालमा फेरी अर्को  गलत इतिहास लेखिनबाट जोगिएको छ । कस‌ैको मृत्युको कुल्पना दुखद्  हो तर अहिले भारत प्रति यतिबिघ्न लम्पसार पर्नु अगावै उनको मृत्यु भएको भए संभवतः उनी अहिलेको भारत प्रति बफादार,  लम्पसार पर्नबाट किञ्चित हुने थिए । हिजो महाकाली सुम्पने तर आफु अनुकूल नहुँदा  भारतको विरोध गरेकै आधारमा  उनी एकाएक  राष्ट्रवादी बन्दै आएको थियो र बनिरहने थियो। भविष्यका एमालेहरुले मदन भण्डारी र बृद्ध भत्ताको नाम भजाएर राजनीति गरेजस्तै उनको कथित राष्ट्रवादको कुरा भजाएर राजनीति गर्ने इस्यु पाइरहने थिए।
५३२२ Total Views ६ Views Today

Comments