सुच्चा पूजा सम्पन्न , पूजाको अवसरमा पुनर्स्थापना गृहलाई पचास हजार माथी सहयोग हस्तान्तरण्

Published: May 6, 2018 | 5:08 pm | आइतवार, बैशाख २३, २०७५ | २१०५ पटक पढिएको


भिजन नेपाल टिभी डटकम धरान ,

श्री सुच्चाराई कल्याणकारी समाजको सुच्चा पूजा कार्यक्रम धरान ११ मंगलबारे स्थित सायाबुङ्ग मार्गमा शनिबार भब्य रुपमा सम्पन्न भएको छ । हरेक बर्ष बैशाखे पुर्णिमाको पंचमी तिथिमा गरिने शाकेला उभौंली माङ्खिम पूजा श्री सुच्चा राई कल्यणकारी समाज सुनसरी जिल्ला समिती र केन्द्रीय समितिले संयुक्त रुपमा आयोजना गरेको हो ।

सुच्चा राईहरुको उत्पत्ती थलो भोजपुरको कटुन्जे भएपनी हाल पुर्वी नेपालको सुनसरी ,उदयपुर ,भोजपुर , इलाम ,धनकुटा ,मोरङ , काठमाण्डौं हुँदै भारतको बिभिन्न स्थानमा छरिएर रहेका सुच्चा राईहरुलाई एकत्रीत गर्दै आफ्नो भाषा संस्कृती धर्मलाई जगेर्ना गर्ने मुख्य उद्धेश्य राखेर आयोजना गरिने उक्त कार्यक्रममा बिभिन्न स्थानहरुबाट करिब पाँच सयजना सुच्चा दाजुभाई उपस्थित थिए ।

उक्त सुच्चा पूजा कार्यक्रममा उपस्थित सुच्चा राईहरुले प्रत्यक घरबाट ल्याएको नौसिंगे भाले पितृ मन्दिर (माङ्खिम ) मा पूजा गरेपछी शुरु भएको औपचारिक कार्यक्रममा सुच्चा राई परिवार हङ्कङद्वारा आयोजित च्यारिटी डिनर बाट संकलित रकम ३ लाख ८ हजार रुपैयाँ संस्थालाई, सल्लाहकार लछुमन राईले हस्तान्तरण गरेका थिए ।

पुनर्स्थापना गृह धरान ,कटुन्जेस्थित आगलागी पीडीत धन बा. /टिकाराम राई र अर्की ५ बर्षीया बालिका तयामा राईलाई समाजले आर्थीक सहयोग गरेका थिए ।

 

 

पुन:स्थापना गृह धरानलाई समाजले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ , र मुटुमा प्वाल परेकी उपचाररत बालिका तयामा राईलाई २६ हजार २ सय २२ रुपैयाँ साथै आगलागी पीडितद्वय राई परिवारलाई २६ हजार २ सय २३ रुपैयाँ संस्थाका केन्द्रीय अध्यक्ष बिनोद कुमार राई ,जिला अध्यक्ष श्रीकुमार राई ,केन्द्रीय उपाध्यक्ष बिनोश सुच्चा , चण्डिराज राई लगायत निवर्तमान अध्यक्ष ओम कुमार सुच्चाले हस्तान्तरण गरेका थिए ।

 

 

श्री सुच्चा पूजा कार्यक्रमका प्रमुख अतिथी दुर्गा वा राईले संस्थाले आयोजना गर्ने माङ्खिम पूजाले सुच्चा राईहरुको संस्कार ,संस्कृती जगेर्ना गर्ने र आउने सन्तती पीँढिलाई पनि नयाँ पाठ सिकाउने कुरा राख्दै संस्थाले बिभिन्न क्षेत्रमा आर्थीक सहयोग गरेको बारे मन्तब्यको क्रममा खुलेर प्रशसा गरेका थिए । यस्तै आगामी दिनहरुमा पनी संस्थाले यस्ता उदाहरणीय कार्यहरु गर्न सकोस भनी सुम्निमा पारुहाङ्ग्संग प्रर्थना गर्ने बताए ।

 

त्यस्तै केन्द्रीय अध्यक्ष बिनोद कुमार राईले सुच्चा कल्याणकारी समाजले बिगत बर्षहरुमा विभिन्न भूकम्प पीडित , अनाथलयहरुलाई आर्थीक सहयोग गरेको बताउँदै यो पटक पनि पुनर्स्थापना गृह धरान ,आगलागी पीडित र मुटुरोगी बालिकालाई एकै पटक सहयोग गर्न पाउँदा सम्पूर्ण सुच्चा समाज साथै संस्थासंग जोडिनुभएका सबैको हृदय गर्वले ठूलो भएको कुरा अध्यक्ष राईले मन्तब्यको क्रममा बताए ।

 

 

उक्त आर्थीक सहयोग प्राप्त गरेपछी पुनर्स्थापना गृह धरानका अध्यक्ष भिम राईले संस्थालाई धन्यवाद ब्यक्त गर्दै सुच्चा राईहरुको मन ,हृ य शगरमाथा भन्दा अग्लो रहेको जनाउँदै संस्थाको अझ उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।

कार्यक्रम निर्धारित समयभन्दा केहि ढिला शुरु भएपनी कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न मद्धत गर्नुहुने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमका सभापति श्रीकुमार राईले कार्यक्रम औपचारिक रुपले सम्पन्न भएको घोषणा गरेका थिए । औपचारिक रुपमा कार्यक्रम सम्पन्न भएपछी उपस्थित सबैले साकेला सिली नाँच्दै रमाएका थिए ।

२१०६ Total Views ३ Views Today

Comments