हिंसा पिडित महिलाहरुको आवाज बन्दै धरानकी उत्तरा शाक्य

Published: March 29, 2018 | 11:12 am | बिहिबार, चैत्र १५, २०७४ | २०६० पटक पढिएको

मौसमी कार्की

धरान । सामान्य तया महिलाहरू घरको चुलो चौकामै ब्यस्त हुने गरेको उदहारण हामि माझ प्रसस्तै छन । समाजमा साहसी भएर अन्यान , अत्यचार तथा हिंसा बिरूद्ध लडन सक्ने त्यस्ता महिलाहरू प्राय कमै मात्रामा भेटिने गरेका छन । तर सिंगो समाजलाई बदलन चाहने र महिला हिंसा बिरूद्ध सदैव आवाज उठाउदै परिर्वतनको बिगुल फुक्ने महिलाहरू मध्ये एक हुन सुनसरी धरान उपमहानगरपालिका १ निवासी उत्तरा शाक्य !

मुलुकमा बिद्यमान राजनीतिक तरलता संगै भइरहेका महिला हिंसाका घटनाहरूलाई नजिकबाट नियालिसकेकी उत्तरा आफ्नो क्षेत्रमा त्यस्ता घटना हुन नदिन सधै तत्पर र खबरदारी अभियानमा जुटेकि छिन । उनको यस्तो साहसिक कदमलाृइ धरानका धेरै संघसंस्थाहरूले खुलेर साथ दिएका छन भने केही बिरोधको भाषण समेत सुनाउने गरेका छन ।

अन्यायमा परेका दर्जनबढी महिलाहरूलाई न्याय दिलाउन सफल भइसक्नुभएकी धरानकी उत्तराको दिनचर्या यस्तै सामाजिक काम गरेर बित्ने गरेको छ ।बि.स २०१८ असार १५ गते भोजपुरको टक्सार बजारमा बुबा रामकृष्ण ताम्राकार र आमा मिना माया ताम्राकारको छोरीको रूपमा जन्मनुभएकि उत्तराको बाल्यकाल पहाडको उकाली ओराली बिच रमाइलोमै बितेको थियो । सानै देखि सेवाको भाव बोकेर हुर्किनुभएकी उत्तरा अहिले पनि समाजसेवामा सकृिय भएर लागिरहनुभएको छ ।

हिंसामा परेका महिलाहरूलाई न्याय दिलाउदै समाजमा पुनःस्थापना गर्नेदेखि उनिहरूलाृइ रोजगारीको बाताबरण शिर्जना सम्मका महत्वपूर्ण भुमिका निर्वाह गरिसक्नुभएकी उत्तरा अहिले धरानको एक दर्जन बढी सामाजिक संघ संस्थाहरूमा कृयाशिल रहनुभएको छ । नेपाल सरकारले महिला हिंसा बिरूद्ध धेरै कानुन बनाएपनि त्यसको उचित कार्यानवयन नहुदा आज पनि धेरै महिलाहरू बोक्सी जस्तो कुप्रथाका कारण कुटिनु परेको नमिठो यर्थाथ प्रति दुख लागेको उत्तरा बताउनुहुन्छ ।

कतिपय स्थानमा दाइजो नल्याएको भन्दै महिलाहरूलाई ज्युदै जलाएका घटनाहरू सम्झेर आफु स्तब्ध हुने गरेको उत्तरा बताउनुहुन्छ । उहाँ आफ्नो समाजलाई यस्ता घटनाबाट टाढै राख्न हरेक साता महिला सञ्जालका टोलिहरू संग बिभिन्न योजना बनाउन ब्यस्त देखिनुहुन्छ । उमेरले ५६ पुगेपनि उत्तराको जोश जागर भने युवा पुस्ताको जस्तो छ । २०३४ सालमा लोकबहादुृर शाक्यसंग बैवाहिक बन्धनमा बाधिएपछि समाजसेवामा झण्डै पुर्ण्बिराम लगाउनुपरेको उत्तरा बताउनुहुन्छ । तर श्रीमान र परिवारले साथ दिएपछि उनको हौसला झन बढेर आएको पनि बताउनुहुन्छ ।

२०४६ सालमा भएको स्थानीय निर्वाचनमा धरानबाट महिला सदस्यमा निर्वा्चित बनेपछि उनको जिवनले नया मोड लियो । घरकै कामकाज र चुलो चौकामै सिमित रहने ्उत्तरा एकाएक जनप्रतिनिधीमा निर्वा्चित बनेपछि उनको जिवनले अर्कै मोड लिन पुग्यो । लामो समयको राजनीतिक संघर्ष पश्चात महिला सदस्यमा निर्वा्चित बनेपछि सबै भन्दा सुरूमा उनले महिलाहरूलाई घरको काममा मात्र ब्यस्त नरहन सुझाव दिन थाल्नुभयो जस्ले गर्दा स्वयम आफु नै अफ्ठेरोमा परेका तिता अनुभव सुनाउदै त्यो बेलाको राजनीति ब्यवहार र अहिलेको अवस्थामा ज्यादै भिन्नता पाएको उत्तराको भनाइ छ ।

हिंसामा परेका महिलाहरू आफ्नो बेदना सुनाउन र न्याय माग्न अझै पनि उत्तराको घर खोज्दै आउने गरेका छन । उत्तराले गरेको साहशिक कार्यलाई धरानमात्र नभइ नेपाल सरकारले समेत बिभिन्न बिधाबाट सम्मान समेत गरिसकेको छ । धरानको करीब एक दर्जन बढी सामाजिक संघसंस्थाहरूले उनलाई बिभिन्न तह तप्कामा सम्मान गरिसकेका छन ।

अहिले उनि धरानको महिला सञ्जालमा कृयासिल सदस्य , नेकपा एमाले संगठीत सदस्य, एमाले क्षेत्रिय सदस्य , नेपाल लोकतान्त्रिक नेवा संघ सदस्य, धरान नगरपारालिगल कमिटी सदस्य, ल्याक महिला ससक्तीकण समिति कोषाध्यक्ष, सिंघ देवि मन्दीर आजिवन सदस्य, ऊ शिव शक्ती कल्याणी केन्द्र बाल गोपाल धामको उपाध्यक्ष, नेवा एकता मञ्च को सदस्य, वडाको कोषाध्यक्ष, नेपाल रेडक्रश सुनसरी उपशाखाको उप सभापति, र अन्य धेरै संघ सस्थामा आवद्ध हुनुहुन्छ ।

२०६१ Total Views ३ Views Today

Comments