कोरियामा गायिका बबिना किरातीले दर्सक झुमाउने साथमा सम्मानित पनि हुने

Published: February 16, 2018 | 2:19 am | शुक्रबार, फाल्गुन ४, २०७४ | ५८७६ पटक पढिएको

 

कोरियामा गायिका बबिना किराँती सम्मान तथा साङ्गितिक साँझ हुने भएको छ।खोटाङ सेवा समाज दक्षिण कोरियाको आयोजनामा हुन लागिरहेको सो कार्यक्रममा नेपालकी चर्चित DJ. अर्पणाको धमकेद्दार प्रस्तुती समेत रहनेछ।

बबिना किराँती सम्मान तथा साङ्गितिक साँझ 1018 नाम दिएको सो कार्यक्रम आज बेलुकी ठिक 7 बजे तोङ्देमूनको नजिक रहेको अर्को यग स्टेसन सिङ्दाङमा हुनेछ।कार्यक्रम स्थलमा जान सिङ्दाङ स्टेसनको 1 नम्बर गेटबाट जान सकिने समेत आयोजकले जनाएको छ।कार्यक्रममा गायिका बबिना किरातीको साङ्गितिक प्रस्तुति पश्चात डिजे अर्पणाको प्रस्तुती रहनेछ। भर्सटायल गायिकाको रुपमा आफुलाई परिचित गराउदै आएकी गायिका बबिना किराती अहिले कोरियाको विभिन्न साङ्गितिक कार्यक्रमहरुमा ब्यस्त छिन्।गायिका किरातीले गत हप्ता मात्र दक्षिण कोरिया नेपाली साहित्य समाज (नेसास)को दोस्रो सौगात स्वरुप आफ्नो पहिलो सोलो एल्बम मर्निङ द बिगिनिङ बजारमा ल्याएकी हुन्।एल्बममा सोलो कम्पोज चर्चित सङ्गितकार डि आर अटुको रहेको छ।

गायिका बबिना किराती र डिजे अर्पणाको साथमा रम्न झुम्न आयोजक खोटाङ सेवा समाजले हार्दिक निमन्त्रणा समेत रहेको छ।

५८७७ Total Views ३ Views Today

Comments