चर्चित सङ्गितकार डि.आर अटुको मन छुने गित सार्बजनिक (भिडियो सहित)।

Published: September 24, 2017 | 2:31 pm | आइतवार, अशोज ८, २०७४ | ३६२६ पटक पढिएको

 

चर्चित र अहिलेका निक्कै नै लोकप्रिय यूवा गितकार तथा सङ्गितकार डि आर अटुको अति नै मार्मिक एउटा गितको भिडियो आज मात्र यूटुबबाट सार्बजनिक भएको छ। गितको शब्द सङ्गीत स्वयम अटुकै रहेको सो गितमा स्वर भने अहिलेका युवा पस्ताको रोजाईमा परेकि कोकिल स्वरकी धनि गायिका सुनिता थेगिमको रहेको छ।गितमा राजु कार्किले सङ्गीत सम्योजन गरेका छन्।

मेरो प्यारा आउ है फर्केर बोलको उक्त गित लिम्दुमी कृयसनको युटुब च्यानलबाट सार्बजनिक भएको हो।निर्देसक रमेश सङ्ग्रौलाको निर्देशनमा बनेको सो गितको भिडियो अति मार्मिक र मन छुने बनेको स्वयम् अटु बताउछन्।आफुले सृजना गरेका अरु गितहरुलाई मनपराईदिए जस्तै यो गितलाई पनि दर्सक स्रोताहरुले मन पराइदिने बिस्वास पनि लिन्छन्।गितलाई छायाकार अर्जुन सापकोटाले खिचेका छन् भने मोडेल सन्देश लामिछाने र सारिका केसिले जिबन्त अभिनय गरेका छन्।

 

प्राय दिनै जसो एउटा न एउटा गित बजारमा ल्याइरहेका अति नै ब्यस्त सङ्गितकार स्वयम् अटुको आफ्नै शब्द र सङ्गितमा कथा एल्बम तयार हुँदै गरेको कुरा पनि सङ्गितकार अटु बताउछन्। “सोही एल्बमबाट यो पहिलो गित सार्बजनिक गरिएको हो”उनी भन्छन्।एल्बममा सुनिता थेगिमको एकल आवाज रहनेछ।

भिडियोमा हेर्नुस्।

३६२७ Total Views ३ Views Today

Comments