आमालाई पत्र

Published: June 18, 2017 | 12:59 am | आइतवार, असार ४, २०७४ | ३२२१ पटक पढिएको

कविता

डेनिसा थुलुङ

हाल- दक्षिण कोरिया
काठको डोलिमा सजिएर तिम्रो छोरा
फर्की आउदैछु नरुनु है आमा
सुतिसके निन्द्रैमा छु नछुनु है आमा !

प्रिय प्राणप्यारी, मेरि आमा
अभागी तिम्रो छोरा आज तिमीलाई रुवाएर जादैछु
तिम्रो त्यो वृद्धअबस्थाको आखामा
आँसु कहिल्यै ओभाउन दिइन
म घरबाट हिन्ने बेलानी गहभरी आँसु दिएर हिडे
फेरि पनि,
फेरि पनि आँसुनै दिएर जादैछु
केबल “आँसु”
जब म केही बर्ष तिमिबाट टाढा हुन लाग्दा
एक चम्चा दही खुवाएर बिदा गरेको थियौ
अब,
अब म यो संसारभन्दा धेरै टाढाको दुनियाँमा
तिमीबाट छुट्टीएर जाने बेला एक थोपा पानी
सम्मनी तिम्रो हातको मुखमा नपारी
नियतिको खेलमा हारेर जादैछु
जुन सपना देखेर,
जुन सपना देखेर त्यो गाउँबाट निस्किएको
तिम्रो छोराको सपना आधा बिचमै आज
टुक्रा टुक्रा भएर छरपस्ट छरिएको छ आमा
केबल बिस्कुन जस्तै !!

त्यो दिन जुन दिन बर्खायामको सिम्सिमे झरी परि रहदा
तिम्रो पिठिउमा डोको नाम्लो र मलाई अगाडि अङगालोमा च्यापेर म कतै पानीले रुझ्छुकी भनी तिम्रो पटुकिले मेरो आङ ढाकेर तिमी आफू रुझ्दै उकाली ओराली गर्ने
तिमी नै थियौ,
मेरो सानो खित्कामा रमाउने पनि तिमीनै थियौ
अब तिम्लाइ मेरो सहाराको खाचो हुँदै गर्दा
म श्वार्थी बनेर तिमीबाट भागेर जादैछु आमा
मलाई सानो चोट लाग्दा आत्तिएर छट्पटाउथेउ
मलाई भन्दा धेरै तिम्लाइ दुख्थ्यो
तर,
तर आज त्यो हसिया र कोदालीले
लछारेर काटेको सानो चोट थिएन
ठुलठुला मेसिन भित्र थिचिएर सम्झिदैछु तिम्लाइ
आमा भन्दै पुकार्ने समय त कहाँ थियो र ममा
तेसैले ,
तेसैले मनमनै चिच्याइरहे
आमा तिम्रो छोरा आउदैछु
फर्केर काठको बाकसभित्र सजिएर
म तिमिसंग बिदा भएर छुट्नेबेला
रातो खाता र अक्षेता संगै बिदा गरेको थियौ
अब त्यो खाता होइन
सेतो कात्रो बोकेर स्वागत गर्न तयार भएर बस्नु
आउदै छु फर्की उहि तिम्रो ऋनि छोरा !!!

अन्तिम पल्ट भम्न मन छ आमा
हो अन्तिम पल्ट भन्न मन छ
अब मलाइ सम्झेर त्यो आँसु नझारेस
किनकि ,
किनकी तिम्रो दुधको भारले मलाई धिकारिरहेको छ
तिम्रो वृद्धअबस्थाको आसुले मलाई पोलिरहेको छ
तेसैले मुस्कुराइदेउ छट्पटीदै भौतारिरहेको
मेरो आत्माले शान्ती पाउने छ
बस शान्ती !!!!

३२२२ Total Views ३ Views Today

Comments