यो सिजन क्लब आएका बात्सुईले जिताए चेल्सीलाई प्रिमियर लिगको उपाधि
काठमाडौँ । चेल्सीले इन्ग्लिश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल अगावै प्रिमियर लिगको उपाधि जितेको हो ।
वेष्ट ब्रोमको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन यसै सिजन क्लब आएका मिसी बात्सुईले निर्णायक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा बात्सुईले गोल गर्दै चेल्सीलाई उपाधि दिलाए । बात्सुई सबस्टिच्युड खेलाडीको रुपमा मैदान आएका थिए । चेल्सीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलका बात्सुई यो सिजन फ्रान्सेली क्लब मार्सेइलीबाट चेल्सी आएका हुन् ।
यो सँगै चेल्सीले पछिल्लो तीन बर्षमा दोस्रो पटक लिगको उपाधि जित्न सफल भयो । चेल्सीले सन् २०१४/१५ को सिजनमा पनि उपाधि जितेको थियो । जितपछि लिगका दुई खेल रहदा च्याम्पियन बनेको चेल्सीले ८७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ ।