रोनाल्डोलाई रियल म्याड्रिडले ड्रप गर्यो

Published: April 26, 2017 | 2:09 pm | बुधबार, बैशाख १३, २०७४ | ५८०० पटक पढिएको

 

IMG_3511
बार्सिलोनाविरुद्ध ‘अल क्लासिको’ भिडन्तमा गोल गर्न चुकेका रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई आज रातीको खेलमा नखेलाउने भएको छ।
आज राति म्याड्रिडले ला लिगाअन्तर्गत डेपोर्टिभो ला कोरुनाविरुद्ध खेल्दैछ।
३२ वर्षीय रोनाल्डोलाई प्रशिक्षक जिनेदिन जिदानले १९ सदस्यीय टोलीमा स्थान दिएका छैनन्। म्याड्रिडले रियाजोर रंगशालामा खेल्न लागेको यो खेलमा मिडफिल्डर टोनी क्रुसलाई पनि विश्राम दिइएको छ।
बार्सिलोनाविरुद्ध चोटका कारण मैदानमा नउत्रिएका राफायल भार्नेलाई आज उतार्दै छ। म्याड्रिडले शनिवार भ्यालेन्सियासँग खेल्दैछ। यस्तै, आउँदो मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा पनि सहभागी हुनेछ। पहिलो लेगको खेल एट्लेटिको म्याड्रिडसँग हुँदैछ।
कप्तान सर्जियो रामोस निलम्बनका कारण आजको खेलमा अनुपस्थित हुनेछन्।
– See more at: http://setopati.com/khel/68015/#sthash.g3MJQrMe.dpuf

५८०१ Total Views ६ Views Today

Comments