नयाँ शक्तिले चयन गर्यो वालिङ नगरमा मेयर र उपमेयर उम्मेदवारको चयन

Published: April 23, 2017 | 6:09 am | आइतवार, बैशाख १०, २०७४ | ३६०८ पटक पढिएको

भिजन नेपाल संवाददाता, स्याङ्गजा

Screenshot_20170416-075307

नयाँ शक्ति पार्टि स्याङ्जा वालिङ नगर कमिटिले सर्वसम्मत रुपमा मेयर तथा उपमेयरको लागि उम्मेदवार चयन गरेको छ। नयाँ शक्ति नेपालको वालिङ नगर बैठकले स्थानिय निकायको चुनावमा उम्मेदवारको लागि  मेयरमा युवा नेता टिकाराम रेग्मी र नेतृ दिपा भूषाललाई सर्वसम्मत रुपमा चयन गरेको हो।

४२ बर्षिय टिकाराम रेग्मी जनआन्दोनमा सकृय तथा तत्कालीन अखिल क्रान्तिकारीको स्याङ्गजा जिल्ला अध्यक्ष, पार्टि राज्य समिति र हाल नयाँशक्ति पार्टि केन्दिय परिषद सदस्य हुन् । उधमी, कृषक, समाज सेवी तथा जुझारु युवा व्यक्ति तत्कालिन माओवादी पार्टीमा एक इमान्दार र निस्वार्थ व्यक्तित्वको छवि निर्माण गरेका छन्।

तत्कालीन ए-माओवादी पार्टी बाट पहिलो साम्बिधान सभाको निर्वाचनमा १३ हजार मत प्राप्त गरि स्याङ्गजा जिल्लाको क्षेत्र न.२ बाट पराजित दिपा भूषाल उपमेयरको उम्मेदवार हुन्। संघर्षशील महिला विधार्थीले राजनीति बाट पार्टि को महत्त्वपूर्ण नेतृत्व सम्हाल्दै हाल नयाँशक्ति पार्टिको केन्द्रिय परिषद सदस्य तथा महिला शक्ति नेपाल केन्द्रि सदस्य जुझारु, निस्वार्थ, निडर र प्रष्ट वक्ताको रुपमा परिचित छिन् ।

३६०९ Total Views ३ Views Today

Comments