आन्दोलन घोषणा गर्दै उपेन्द्र यादवले भने– नयाँ संशोधन प्रस्ताव धोका
काठमाडौ, बैशाख ३ – संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले पछिल्लो पटक संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक मधेसी मोर्चाप्रतिको धोका भएको टिप्पणी गरेका छन् ।
आइतबार चुनावको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै यादवले सरकारले मधेसी मोर्चासँग गरेको सहमतिविपरित संशोधन दर्ता गराएर पछि फर्केको आरोप पनि लगाए ।
यादवले सरकारले दर्ता गरेको संशोधनमा अंगिकृत नागरिकताबारे स्पष्ट नभएको, भाषाबारे मोर्चाले बहुभाषिक हुनुपर्छ भनेपनि त्यसबारे संशोधन प्रस्तावमा केही नखुलाएको बताए ।
उनले प्रदेशको मातहतमा स्थानीय तह हुनुपर्ने मोर्चाको मागमा प्रस्ताव त्यसविपरित भएको भन्दै स्थानीय तहको संख्या बढाउनुपर्ने मागमा समेत प्रस्तावले सम्बोधन नगरी पछाडी फर्केकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको दावी गरे ।
कार्यक्रममा मोर्चाका शीर्ष नेताहरु सहभागि थिए