लोडसेडिङ घट्यो

Published: March 13, 2016 | 3:39 pm | आइतवार, फाल्गुन ३०, २०७२ | ५३६६ पटक पढिएको

loadsheding

काठमाडौँ, फागुन ३० । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टाका दरले सोमबारबाट लोडसेडिङ घटाउने भएको छ । दैनिक १३ घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले एसएलसी परीक्षालाई मध्यनजर गर्दै एक घण्टा घटाएर १२ घण्टामा झारेको जनाएको छ ।

नदीहरूमा जलस्तर केही बढेको र भारतबाट समेत थप विद्युत आयात भएकाले लोडसेडिङ घटाउन सम्भव भएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणले यसअघि दैनिक १३ घण्टाका दरले हप्तामा ९१ घण्टा लोडसेडिङ गर्दै आएका छ । नयाँ तालिका भोली (सोमबार) देखी लागु हुने प्राधिकरणले जनाएको छ ।

५३६७ Total Views ९ Views Today

Comments