सामाजिक संजाल फेसबुकले अब आतंककारी पहिचान गर्न सक्ने !

Published: February 19, 2017 | 2:42 pm | आइतवार, फाल्गुन ८, २०७३ | ५९ ४८ पटक पढिएको

images (1)

काठमाडौं । विश्वमा लोकप्रिय रहेको सामाजिक संजाल फेसबुकले आफ्नो साइटमा प्रकाशित हुने सामग्रीहरुको जाँच गर्न सक्ने एक सफ्टवेयर बनाउँदै गरेको बीबीसीले जनाएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबगर्ले एक खुल्ला पत्रमा एक एलगरिदम वा गणितीय प्रोग्राम बनाउँदै गरेको जसले पोस्टमा आतंकवाद, हिंसा तथा बुलिङलाई पहिचान गर्नुका साथै यसले आत्महत्या पनि रोक्न सकोस् भन्ने खालको रहेको उल्लेख छ ।

५ हजार ५ सय पेजको पत्रमा फेसबुकको भविष्यमाथि चर्चा गर्दै जुकरबर्गले फेसबुकमा दैनिक रुपमा प्रकाशित हुने अरबौं पोस्टहरु सन्देश जाँच गर्न असम्भव रहेको बताएका छन् ।

“अब एक यस्तो सिस्टम बनाउने कोसिस भइरहेकोे छ, जसले टेक्स्ट पढ्न सक्नेछ र तस्बिर वा भिडियो हेर्न सक्नेछ । र केही खतरा  उत्पन्न भइरहेको छ कि छैन भनेर जान्न सकिने छ,” जुकरबर्गले भने ।

उनका अनुसार तर यो योजना  शुरुवाती मात्र भएको बताइएको छ ।

जुकरबर्गका अनुसार उनको कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सको एक प्रयोग गर्नेबारे सोचिरहेको छ जसले आतंकाकारीबारेको समाचार तथा उनीहरुको प्रचारजन्य सामग्रीको बीचको अन्तर पहिचान गर्न सकोस् ।

सन् २०१४ मा एक ब्रिटिश सैनिकको हत्याराले केही महिना पहिले फेसबुकमार्फत आफ्नो योजना बताएको थियो र यो थाहा भएपछि यस बिषयमा फेसबुकले ठूलो आलोचनाको सामना गर्नुपरेको थियो ।

५९ ४९ Total Views ६ Views Today

Comments