अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया द्वारा नेपाल हाउस व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराउंदै प्रेस विज्ञप्ति जारी

Published: December 17, 2016 | 9:25 am | शनिबार, पुस २, २०७३ | ४१९ ६ पटक पढिएको

सोल, प्रवासी नेपालीहरुको आश्रयस्थलको रुपमा निर्मित सौलस्थित दोङदेमुदमा रहेको नेपाल हाउस व्यवस्थापन समितिले गरेको हेलचेक्राइ र लापर्बाहिका विरुद्ध ध्यानाकर्षण गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज नया शक्ति दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

ins

नेपाल हाउस व्यवस्थापन समितिले विभिन्न संघसंस्थालाई तोकिएको शुल्क बुझाएपछि कार्यक्रम गर्ने हल प्रयोगमा ल्याउन सकिने नियम बमोजिम अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले १५ दिन अघि नै सम्वन्धित पक्षसँग अनुमति लिएको भएतापनि कार्यक्रम तथा बैठकको दिन चाबी सहित आबश्यक सामग्री उपलब्ध नगराउनुको साथै एकले अर्कोतर्फ देखाउदै अवरोध गरेकोले व्यवस्थापन समितिप्रति गम्भीर आशंका उब्जाएकोले अन्तराष्ट्रिय नेपाली समाजले नेपाल हाउस व्यवस्थापन समिति विरुद्ध प्रेस विज्ञप्ति जारी गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता जीवन विश्वकर्माले समितिले गरेको हेलचेक्राइ र लापरवाहीपन लगायत कार्यक्रमलाई अवरोध हुने गरी गरिएको उक्त व्यवहारले संगठनलाई अपमान गरेको बताएका छन् । प्रवक्ता विश्वकर्माले आगामी दिनमा जुन उदेश्य बमोजिक आर्थिक अभियान संचालन गरिएको हो सोही बमोजिमको नेपाल हाउस व्यवस्थापन गर्न अनुरोध गर्दै व्यवस्थापनको लापरवाही र हेलचेक्राइ जस्ता गैर जिम्मेवार अभिव्यक्तिको अन्त्य गर्दै सम्पूर्ण कार्यलाई चुस्त र दुरुस्त बनाउनुकासाथै सबैलाई समान तरिकाले हलको प्रयोग गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रेस विज्ञप्तिमा नेपाल हाउसको उपयुक्त ब्यबस्थापन लगायत प्रबासी नेपालीहरुमा आइपर्ने समस्या समाधानमा जिम्मेवार सहयोगी निकाएको रूपमा स्थापित गराउन कोरियामा क्रियासिल राजनीतिक संगठन , संघ सस्था लगायत कोरियामा रहनु भएका समपुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई जुट्न अपिल गरिएको छ ।

प्रबासी नेपालीहरुको ब्यबस्थापन तथा आस्रय स्थलको रूपमा नेपाल हाउस निर्माण गर्ने उदेश्यका साथ व्यापक आर्थिक संकलन अभियान चलाइएको थियो । उक्त अभियानमा २० करोड वन अर्थात नेपाली २ करोड संकलन भएको मिडियामार्फत सार्बजनिक भएको थियो । हाल नेपाल हाउसको नाममा सौल स्थित दोङदेमुन बजारमा ५०-६० जना अट्ने सानो कोठा भाडामा खरिद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

४१९ ७ Total Views ३ Views Today

Comments