सांसदहरुको तलव भत्तामा भारी वृद्धि, खाडिमा युवाहरुले बगाएको पसिनामा गर्ने भयो मोज

Published: November 20, 2016 | 2:12 pm | आइतवार, मंसिर ५, २०७३ | ४०४३ पटक पढिएको

काठमाडौंः सांसदहरुको तलब भत्ता व्यापक वृद्धि भएको छ। व्यवस्थापिका संसदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित पारित गरेपछि सांसदहरुको तलब भत्ता बढेको हो।

screenshot_20161019-094407

आइतबार बसेको संसदको बैठकले विधेयक संशोधनसहित बहुमतले पारित गरेसँगै सांसदहरुले मासिक पारिश्रमिक वापत ५५ हजार २ सय ३० रुपैयाँ पाउनेछन्। सांसदहरूको आवास भत्ता ६ हजार पाँच सयबाट १८ हजार पुर्‍याइएको छ। स्वकीय सचिवमा कार्यकर्ता राख्ने प्रचलन छ। तिनको तलब पनि २४ हजार चार सयबाट ३० हजार पाँच सय हुनेछ।

सांसदहरुले सांसदहरूले अब बैठक भत्ता दुई सयबाट एक हजार रुपैयाँ, यातायात एक सय ५० बाट एक हजार, प्रत्येक दिन भ्रमणवापत दुई हजार पाँच सय, यात्रा बिमा १० लाख, मृत्यु भएमा दुई लाख र अशक्त भएमा ५० हजार रकम पाउनेछन् ।

यसैगरी सभामुखले अहिले नियमित मासिक ९७ हजार तीन सय २० पाउँदै आएकोमा अब १०१,५०५ पाउनेछन्। भ्रमण भत्ता प्रत्येक दिन तीन हजार र अन्य सुविधामा व्यापक बढोत्तरी गरिएको छ।

संसद्मा प्रमुख विपक्षी दलका नेताले पनि अब उप्रान्त पारि श्रमिक ६० हजार ९ सय ७०, आवास २५ हजार ६ सय आठ, सचिवालय, सञ्चार सुविधा, महँगी भत्तालगायत गरी मासिक ९४ हजार तीन सय २८ अतिरिक्त प्रत्येक दिनको भ्रमण भत्ता दुई हजार पाँच सय रुपैयाँ सुविधा राज्यकोषबाट पाउनेछन् ।

 

४०४४ Total Views ३ Views Today

Comments