अन्तर्राष्ट्रिय नेपाली समाज(INS) दक्षिण कोरिया द्धारा बिरामी भगवती सलामी मगरलाई आर्थिक सहयोग प्रदान

Published: October 23, 2016 | 10:32 am | आइतवार, कार्तिक ७, २०७३ | ११९ ७५ पटक पढिएको

अन्तर्राष्ट्रिय नेपाली समाज INS, दक्षिण कोरियाद्वारा भगबती सलामी मगरलाई चार लाख पचास हज़ार वन आर्थिक सहयोग प्रदान गरेको छ।

fb_img_1477217241418

करिब ५ महिना अगाडि रोजगारीका लागि कृषि भिजामा कोरिया आएकी कुनाथारी -१, सुर्खेत घर भएकी बर्ष २८ की भगवती सलामी मगर कोरिया आएको केही समयपछी ढाडको जटिल समस्याबाट ग्रसित भइ एउटा खुट्टा समेत नचल्ने अबस्थामा पुगेकी थिईन् । सोल ख्वान आक् गुमा रहेको सिम छंग अस्पतालमा कोरियामा रहेका नेपाली बुद्धिजीबी र समाजसेबीहरुको विशेष पहलमा ढाडको सफल अपरेशन गरिएता पनि सलामी मगरको स्वास्थ्य कार्ड दर्ता र बिमा पनि नभएकोले अपरेसन खर्च अत्यन्त महङ्गो भएको र निजको आर्थिक अबस्था पनि अत्यन्त कमजोर भएकोले अस्पतालको बिल तिर्न नसकी डिसचार्ज हुन् नसकेको भन्दै कोरियामा रहेको नेपाली, सङ्घसंस्थाहरू संग सहयोगको अपिल गरिएको थियो। उनि अहिले हस्पिटल बाट डिस्चार्ज भएर एक सेल्टरमा बसेकी छिन्। उनी अझै केही समय निरन्तर हस्पिटलको फ्लोअपमा रहने जनाएको छ।

भगवती सलामिको उपचारमा सहयोग पुगोस् भनि अन्तर्राष्ट्रिय नेपाली समाजले आर्थिक सहयोग गरेको जनाएको छ। उक्त रकम विरामी स्वयंलाई भेटेर अन्तर्राष्ट्रिय नेपाली समाजको सचिवालय सह संयोजक सरोज ढकाल र सचिवालय सदस्य यज्ञ मुर्ति पोखरेलले हस्तान्तरण गरेको जनाएको छ।

नयाँ शक्ति पार्टी को प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाजले कोरियामा रहेको नेपालीहरुलाई यस्तै जटिल खालको समस्या आई पर्दा आर्थिक सहयोग गर्ने लक्ष्य सहित “साथीको लागि साथी” अक्षयकोष स्थापना गरेको थियो। यस अघि पनि काभ्रेका श्याम लामालाई ४ लाख वन आर्थिक सहयोग गरेको थियो।

११९ ७६ Total Views ६ Views Today

Comments