जनताको पसिनामा संसदहरुको रजाई हुने, मासिक सेवाा सुविधा बढाउने विधेयक दर्ता

Published: October 19, 2016 | 12:46 am | बुधबार, कार्तिक ३, २०७३ | २९ २९ पटक पढिएको

काठमाडौं । सरकारले सांसदहरुको सेवा सुविधा बढाउने सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ ।

screenshot_20161019-094407

वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मंगलबार कानुन मन्त्रालयले विधेयक संसद सचिवालयमा दर्ता गरेको हो ।

सांसदहरुको सेवा सुविधा सम्बन्धी २०५२ सालको ऐन पहिलो पटक संशोधन हुन लागेको हो ।

सरकारले यसअघि सेवा सुविधा राजपत्रमा सूचना प्रकाशित गरी हेरफेर गर्दै आएको थियो । कानुनी रुपमा सुविधा बढाउने गरी पहिलोपटक विधेयक ल्याइएको हो ।

विधेयक अनुसार अब सांसदहरुको मासिक तलब ५५ हजार हुनेछ । मासिक तलब बाहेक घरभाडा, सचिवालय खर्च, धारा, पानी बिजुलीको रकम पनि सांसदहरुले पाउनेछन् ।

२९ ३० Total Views ३ Views Today

Comments