नेपालमा कहिले बन्ला बलत्कार गर्नेलाई ईण्डो्नेशियाको जस्तो कानुन

Published: October 18, 2016 | 11:57 pm | मङ्लबार, कार्तिक २, २०७३ | ८२०० पटक पढिएको

काठमाडौं, २ कात्तिक । सामूहिक बलात्कारको घटनाले केही महिना अघि इण्डोनेशिया पूरै हल्लिएको थियो । अहिले आएर इण्डोनेशियाले बलात्कारीविरुद्ध निकै खतरनाक कानुन बनाएको छ ।

screenshot_20161019-085359

rapeअब यस देशमा बलात्कारी तथा बालिकालाई यौन हिंसा गर्ने व्यक्तिलाई कडाभन्दा कडा सजाय दिइने छ । जसमा नपुङ्सक बनाउनेदेखि लिएर मृत्युदण्डसम्मका सजायको व्यवस्था छ । यतिमात्रै होइन, यस्तो व्यक्तिको शरीरमा एउटा चिप पनि राखिने छ, जसले उसलाई हरेक समय निगरानी गर्नेछ ।

यही वर्षको मे १४ का दिन १४ वर्षीय बालिकालाई १२ जनाको समूहले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । उनीहरुले बलात्कारपछि ती किशोरीको हत्या नै गरेका थिए ।

त्यसपछि देशभर विरोध प्रदर्शन भयो । राष्ट्रपति जोको विडोडोले बलात्कारविरुद्ध नयाँ र कडा कानुन बनाउने भरोसा दिलाएपछि बल्ल आन्दोलन रोकियो । सोही प्रदर्शनको बलमा अहिले नयाँ कानुन बनेको छ ।

देशभर यस मुद्दामा बहस भयो । त्यसपछि राष्ट्रपतिले स‌ंसदमा नयाँ कानुनको मस्यौदा पेश गरे । त्यहाँ पनि निकै बहस भयो । त्यसपछि भोटिङका क्रममा दुई पार्टीले मस्यौदाको विरोधमा भोट हाले, त्यसका बाबजुद् पनि मस्यौदा पास भयो ।

के छ नयाँ कानुनमा ?

नयाँ कानुनअनुसार बच्चको शारीरिक शोषण गर्नेलाई नपुंशक बनाइने छ । उसको शरीरमा महिलामा हुने हर्मोन राखिने छ । दोषीको नाम पनि सार्वजनिक गरिनेछ । उसका हरेक गतिविधि निगरानी गर्नका लागि एक इलेक्ट्रोनिक चिप्ससमेत लगाइनेछ ।

यहाँसम्म कि सो चिप्स सजायँ पूरा भइसकेपछि पनि हट्ने छैन । जुन बलात्कारीविरुद्ध दिइन लागेको संसारकै खतरनाक सजायमध्ये एक हो ।

धेरै अर्थमा यसलाई मृत्युदण्डभन्दा पनि खतरानक सजाय मान्न सकिन्छ । किनकी मृत्युदण्डमा दोषी एकपटक मर्छ, यस्तो सजाय पाउने व्यक्ति पटक-पटक मरेतुल्य भएर जीवित रहन बाध्य हुन्छ । उसको गोपनियता पनि त्यही दिन मर्नेछ, जुन दिन उसको शरीरमा चिप लाग्छ । त्यसपछिको जीवन बँधुवा पशुभन्दा माथिको हुनेछैन ।

गम्भीर घटनामा मृत्युदण्डसमेत दिन सकिने नयाँ कानुनमा उल्लेख छ ।

बलात्कारीलाई नपुङ्सक बनाउने कानुन पोल्याण्ड, दक्षिण कोरिया, रुससहित केही अमेरिकी मुलुकहरुमा पनि छ । यता साउदी अरेबियामा सिधै मृत्युदण्ड दिइन्छ ।

८२०१ Total Views ३ Views Today

Comments