प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री निधिले सम्हाल्ने

Published: October 16, 2016 | 4:39 am | आइतवार, अशोज ३०, २०७३ | ३८९ ३ पटक पढिएको

  img_20161016_133730
 

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स–बिम्स्टेक लिडर्स आउटरिच समिट’ मा भाग लिन भारत प्रस्थान गएकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्नेगरी तोकेकी छन् ।

 

 

 

नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री निधिलाई उक्त जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले शनिबार राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

३८९ ४ Total Views ३ Views Today

Comments