पाकिस्तानलाई एक्ल्याउने भारतको प्रयास नेपाल सरकार द्धारा असफल बनाईदियो।

Published: September 29, 2016 | 1:29 pm | बिहिबार, अशोज १३, २०७३ | ६२०४ पटक पढिएको

काठमाण्डु, १३ साउन– आगामी नोभेम्बरमा पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनलाई लिएर विभिन्न टिका–टीप्पणी भइरहेका बेला नेपालले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ ।

screenshot_20160929-222140

 

पछिल्लो समय उरी घटनापछि भारत र पाकिस्तानबीच बढ्दो दूरीका कारण सार्क सम्मेलनमा सहभागी नभएर पाकिस्तानलाई एक्ल्याउने रणनीतिमा बुनिरहेको भारतलाई नेपालले साथ नदिने भएको हो ।

सार्क सम्मेलनमा सहभागी हुने वातावरण पाकिस्तानमा नभएको भन्दै भारतले सार्क अध्यक्ष भएको नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाममा नेपाललाई आफू सहभागी नहुने पत्र काटेको थियो । भारतको यस्तो निर्णयपछि बंगलादेश, अफगानिस्तान र भुटानले समेत भारतलाई साथ दिँदै आफूहरु पनि सम्मेलनमा सहभागी हुन नसक्ने बताएको थियो ।

सम्मेलनकै चर्चा चलिरहँदा भारतीय मिडियामा सार्कको अध्यक्षता गरिरहेको नेपालले भारतलाई साथ दिँदै सम्मेलन स्थगित गर्न लागेको भन्दै समाचार प्रकाशित गरेका थिए ।

तर, सबै अनुमान विपरित प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई तठस्थ भएर विज्ञप्ति निकाल्न निर्देशन दिएपछि भारतलाई तनाब बढेको हो ।

भारत, बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी हुने वातावरण नभएको भन्दै आफूहरु सहभागी नहुने बताएपनि नेपालले सम्मेलन स्थगित नगर्ने निर्णय गरेको हो ।

परराष्ट्रद्धारा जारी गरिएको विज्ञप्तिमा पाकिस्तानलाई सम्मेलन समयमै गर्न विश्वासको वातारण बनाउन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सार्क राष्ट्रको अध्यक्ष भएको नाताले नेपाल सरकार तत्काल सार्क शिखर सम्मेलनमा गर्न का लागि सबै राष्ट्र सहभागी हुने वातावरण मिलाइयोस् भन्ने आग्रह गर्दछ।

screenshot_20160929-222240

स्मरण रहोस् कुनै एक देश सार्क सम्मेलनमा सहभागी नहुने भएमा सम्मेलन स्वतः स्थगित हुने नियम छ । तर, नेपालले तत्काल सम्मेलन स्थगित नगरेर सहभागी हने वातावरण मिलाउन आग्रह गर्दै पाकिस्तानलाई सार्कबाट एक्ल्याउने भारतीय रणनीतिप्रति धावा बोलेको हो ।

 

६२०५ Total Views ६ Views Today

Comments