अपर मस्य्राङ्दी ‘ए’ ५० मेगावाट जलविद्युत आयोजनाको निमार्ण सम्पन्न

Published: September 26, 2016 | 2:40 pm | सोमवार, अशोज १०, २०७३ | ३५४४ पटक पढिएको

काठमाडौ– अपर मस्र्याङ्दी ए जलविद्युत आयोजनाको निमार्ण काम सम्पन्न भएको छ । ५० मेगावाट उत्पादन क्षमताको यो आयोजनाले अहिले २५ मेगावाट विजुली उत्पादन गरि सकेको छ भने २५ मेगावाट एक महिनापछिबाट उत्पादन हुने छ ।

upper-marsyangdi-768x513

 

आयोजनाको सोमबारवाट औपचारिक रुपमा थालनी भएको हो । आयोजनाको सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् । यसको २५ मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ । चीनको सिनोहाइड्रो र नेपालको सगरमाथा पावर कम्पनीले १६ अर्ब लगानीमा आयोजनाको निमार्ण गरेका हुन् । ५ बर्षभित्र निमार्ण कार्य सक्ने लक्षय राखिएपनि निमार्ण कार्य एक बर्ष अघिनै सकिएको छ । उत्पादित विजुली ३० करोड आयोजना आफैले लगानी गरि राष्ट्रिय प्रसारण लाइनसम्म ट्रान्समिसन लाइन जोडिएको जनाइएको छ । यो लगानीका विषयमा पहिले सम्झौता नभएपनि लगानी आफै गरेको आयोजनाले जनाएको छ ।

 

 

उद्घाटन कार्यक्रममा मन्त्री शर्माले तोकिएको अवधीभन्दा अघि नै निमार्ण गरेर नयाँ उदाहरण पस्किएको भन्दै लगानीकर्तालाई हौसला प्रदान गरेका छन् । उनले यो आयोजना निमार्णपछि उर्जा संकट केही कम हुने तथा नेपाल–चाइनाबीचको लगानीका बिषयमा समेत सकारात्मक सन्देश जाने बताए ।

 

 

दुई मुलुकविचको सम्वन्ध अत्यन्त सुमधुर रहेको भन्दै उनले अन्य आयोजनामा समेत लगानीका लागि आब्हान गरेका छन् । उर्जामा ठूलो बिदेशी लगानीको अवसर रहेको पनि मन्त्री शर्माले बताए । यो आयोजना निमार्णले अव लगानीको अवसर खोलेको उनको भनाइ थियो । उर्जामा लगानी बढाउन सकिएमा मुलुकको अर्थतन्त्र समेत माथि उठ्ने उनको टिप्पणी थियो

३५४५ Total Views ३ Views Today

Comments