प्रत्यक्ष राष्ट्रपतीय प्रणाली नमान्ने पत्तासाफ हुन्छन् – बाबुराम भट्टराई

Published: September 16, 2016 | 1:30 pm | शुक्रबार, भदौ ३१, २०७३ | ५३५८२ पटक पढिएको

20160916_164111

विकास श्रेष्ठ


नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका लागि संविधान संशोधनमा सहमत नहुने पार्टी अब पत्तासाफ हुने बताएका छन् । नयाँ शक्ति नेपालको कोरिया प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाजले राजधानी सोलको जोग्येसा हलमा आयोजना गरेको बृहत् अन्र्तक्रियामा बोल्दै भट्टराईले यस्तो चेतावनी दिएका हुन् । महान् चाड दशै पनि प्रत्यक्ष राष्ट्रपति प्रणालीका लागि नयाँ शक्तिले अभियानै थाल्ने र सवै दलसँग छलफल अगाडि बढाउने भट्टराईले बताए । राजनीतिक अस्थिरता देशको आर्थिक विकास र समृद्ध नेपाल निर्माण गर्न बाधक भएको भन्दै भट्टराईले प्रत्यक्ष राष्ट्रपति प्रणाली साशकिय स्वरुप तडकारो आवश्यक भएको बताए ।

अन्र्तक्रियामा विभिन्न भातृसंगठन सदस्यले उठाएको प्रश्नको जवाफ दिदै भट्टराईले नयाँ शक्तिप्रति आशंका नगर्न आग्रह गरे । युवाहरुको जिवनलाई नजिकबाट नियालेर तिनीहरुको अनुभव बुझ्न कोरिया आएको बताएका भट्टराईले देशको आर्थिक विकास र समृद्ध नेपालप्रति कोरियाका युवाहरुले देखाएको चासोले आफुलाई अगाडि बढ्न उर्जा मिलेको बताए । हलमा सहभागी सयौ युवालाई उत्साहित पार्न डाक्टर भट्टराईले कोरियामा कार्यरत नेपाली युवालाई विकासका दुतको संज्ञा दिन समेत भ्याए । उनले कोरियामा कार्यरत सवै नेपालीलाई यहाँ सिकेको धन र सिप आर्जनलाई नेपालको विकासमा सदुपयोग गर्न आह्वान गरे । नेपाल राजनीतिक परिवर्तका लागि भएका आन्दोलन सफल भइसकेको र अवको बाटो आर्थिक क्रान्ति र समृद्ध नेपाल निर्माण रहेको भन्दै त्यसमा सहभागी हुन सवैलाई आह््वान समेत गरे ।
सहभागी केहि वक्ताले पार्टी परिवर्तन गरेर देश परिवर्तनमा लागेका तत्कालिन माओवादी युवाको भावनामा ठेस पु¥याउने गरिएको भनि उठाइएको प्रश्न र आलोचनाको उत्तर दिदै भट्टराईले तत्कालिन समय जनयुद्ध जायज भएको र अव ती युवाहरुको आकाक्षा पुरा गर्न नयाँ कोर्शको आवश्यक भएको दाबी गरे । शसस्त्र युद्ध पुरानो व्यावश्था परिवर्तनका लागि सहि भएको र त्यसका लागि युवा उचालेको भन्ने आरोप तथ्यहिन भएको बताउदै भट्टराईले अहिले समय र परिस्थिति बदलिएको सोही अनुरुप सोच र आचरण बदल्न जरुर रहेको बताए ।

यसैबीच नयाँ शक्तिको विदेश विभाग प्रमुख नवराज सुवेदीले भट्टराई सोच र चिन्तन देश विकास र समृद्धिका लागि उपयोगी भएको भन्दै यसमा आवद्ध हुन सवै युवालाई आह्वान समेत गरेका छन् ।
त्यस्तै नयाँ शक्तिको वृहत भेलामा विभिन्न पार्टीको भातृ संगठन र संस्थामा आवद्ध एक सय भन्दा बढि युवा पार्टी प्रवेश गरेका छन् ।
यसैबीच चिनियाँ राष्ट्रपति सि जिन्पीङको आसन्न भ्रमण रद्ध गरिएको खबर सार्वजानिक भइरहेको विषयमा साृेधिएको प्रश्नमा उनले तत्कालै अनुमानको भरमा भन्न नमिल्ने भन्दै भट्टराईले दुई देशबीच समदुरीको सम्बन्ध राख्नुपर्ने र दुइ देश मुलुक कार्यकारी प्रमूखले छिट्टै नेपाल भ्रमण गर्ने आशा गरे ।
Source: hellonepal
५३५८३ Total Views ३ Views Today

Comments