सीडीओहरुलाई गृह मन्त्रालयको नयाँ उर्दी

Published: August 29, 2016 | 2:13 am | सोमवार, भदौ १३, २०७३ | २८६६ पटक पढिएको

Home_ministry_nepal-620x330

काठमाडौं–गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कार्यक्रममा सीडीओहरु प्रत्यक्ष संलग्न हुँदा नियमन फितलो भएको निष्कर्षसहित मन्त्रालयले सुरक्षा दायित्वबाहिर सबै प्रकृतिका गतिविधिमा रोक लगाएको हो ।

FB_IMG_1471952497865

अन्तर्राष्ट्रियर/राष्ट्रिय गैरसरकारी संस्थाको नियमन र अनुगमनको क्षेत्राधिकार भएको सीडीओ आफैं परियोजना र कार्यक्रममा संलग्न हुँदा गैससको स्वेच्छाचारिता बढेको निष्कर्ष निकाल्दै गृहले ‘परियोजनाको स्वीकृति, गोष्ठी, सेमिनार र तालिम’ लगायतका सबै प्रकृतिका गतिविधिमा संलग्न हुन रोकेको हो ।’

संस्था दर्ता, वार्षिक गतिविधि, आयव्यय विवरण र कार्यक्षेत्रअनुसार गतिविधि गरेको छरछैन भनी त्यसको अनुगमन र कारवाहीको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हो । आजको कान्तिपुर दैनिकमा खबर छ

२८६७ Total Views ३ Views Today

Comments