विदेशी खादाको प्रयोगमा प्रतिवन्ध लगाए

Published: August 28, 2016 | 1:51 pm | आइतवार, भदौ १२, २०७३ | २९ १७ पटक पढिएको

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । आयातीत खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट करोडौँ रुपैँया बाहिरिने भन्दै मन्त्रालयले आइतबार खादाको प्रयोग नगर्न निर्देशन दिएको हो ।

kha-1
मन्त्रालयले आफू मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगमलगायत ४० वटा निकायलाई परिपत्र गर्दै स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न निर्देशन दिएको मन्त्रालयका सचिव सचिव प्रेमकुमार राईले वताउँनुभयो ।
खादा प्रयोग गर्नु परेमा नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय खादाको प्रयोगका विषयमा ब्यापक बहस भइरहेको छ |

२९ १८ Total Views ३ Views Today

Comments