महर नेविसंघको अध्यक्षमा निर्वाचित,महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा

Published: August 18, 2016 | 9:49 am | बिहिबार, भदौ २, २०७३ | ६२५४ पटक पढिएको

भाद्र २, २०७३- नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा नयनसिंह महर निर्वाचित भएका छन् ।

केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी भएका प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।

यसैबीच नवनिर्वाचित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए ।

उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

अध्यक्षका प्रत्यासी आचार्यले नेविसंघले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो । रासस

 

६२५५ Total Views ६ Views Today

Comments