नयाँ शक्ति नेपालको प्रवाशी संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले मुख्य राजनीतिक दलका संगठनलाई पछि पार्दै सांगठानिक रुपमा सबैभन्दा अघि

Published: August 18, 2016 | 1:20 am | बिहिबार, भदौ २, २०७३ | १०५७० पटक पढिएको

Naya-Shakti-Nepal-1

 

लिलु डुम्रे ,सोल
नयाँ शक्ति नेपालको प्रवाशी संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले मुख्य राजनीतिक दलका प्रवाशी संगठनलाई पछि पार्दै सांगठानिक रुपमा सबैभन्दा अघि रहेको दाबी गरेको छ ।
नेपालमा जेठ ३० मा भएको पार्टी घोषणा सभासम्म कोरियाबाट करिब दुइ हजार जना सस्थापक पार्टी सदस्य भएको समाजले जनाएको छ । जसमध्य एक हजार दुइ सय अनलाइन मार्फत सदस्यता फर्म भरिएको थियो । समाजले कोरियामा रहेका मुख्य पाँच शहरहरुलाइ समेटेर छ वटा क्षेत्र र दुइ उपक्षेत्र बनाएको छ ।

 
क्षेत्र नम्बर एकमा किम्हे, बुसान क्षेत्र नम्बर दुइमा सोल, ओइजम्बु, पोछन क्षेत्र नम्बर तिनमा ख्वान्ग्जु ,मोक्पो, छन्जु, छिन्जुलाई समेटिएको छ । त्यस्तै क्षेत्र नम्बर चारमा इन्छन ,आन्सान ,किम्पो ,फाजु क्षेत्र नम्बर पाँचमा फेन्तेक ,छनान ,याङ्गिन लगायतका स्थान तोकिएको छ । छिन्छन, छङ्जु लगायत सुवन पूर्वी एरियालाई क्षेत्र नम्बर छ मा राखिएको छ ।
सबै क्षेत्रमा संगठानिक स्थिती बलियो रहेको जानकारी दिदै अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका संयोजक हेमन्त पुनले नेपाली रहेका प्रत्येक स्थानमा नयाँ शक्ति पुगेको र अन्य राजनीतिक दलहरुको सदस्यता संख्या भन्दा नयाँ शक्ति संग्ख्यात्मक ,गुणात्मक रुपमा बलियो रहेको दाबि गरे ।

 
अन्य राजनीतिक दलले सम्पूर्ण कोरियालाई पाँच क्षेत्रमा बिभाजन गरी संगठन विस्तार गरिरहेका छन भने नयाँ शक्तिको प्रवाशी संगठन अन्तराष्ट्रिय नेपाली समाजले एक क्षेत्र र दुइ उपक्षेत्र थप गरेको छ । हाल सम्म क्षत्रीय भेला सम्पन्न गरि सकिएको र सेप्टेम्बर १६ मा राष्ट्रिय भेला गर्न लागेको प्रचार विभाग प्रमुख राजु श्रीले जानकारी दिए । राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा नयाँ शक्ति नेपालका संयोजक डा .बाबुराम भट्टराई कोरिया आउने समाजले जानकारी गराएको छ । दल आवध्द प्रवास संगठनमा भट्टराईको पहिलो सम्बोधन दक्षिण कोरियामा हुन लागेको छ ।

 
कुनैपनि यान्त्रिकबादमा नरहेर नेपाली परिवेशमा आधारित आर्थिक समृद्धिको र प्रत्यक्ष निर्बा्चित कार्यकारी राष्ट्रप्रमुखको राजनीतिक मुद्दालाई नयाँ शक्ति नेपालले राजनितीक सिद्धान्त अवलम्बन गरेकोले कोरियामा रहेका युवाहरु नयाँ शक्ति प्रति आकर्षित भएको प्रचार बिभाग प्रमुख राजु श्रीले बताए ।
समाजले ३२ सदस्यीय सचिवालय गठन गरेको छ भने एक सय एक सदस्यीय केन्द्रिय परिषद पनि गठन गरेको छ । छ क्षेत्र र दुइ उपक्षेत्रमा इन्चार्ज र संयोजक सहित समितिहरु गठन गरिएको जनाएको छ ।

 
“अवको निकास आर्थिक विकास“ र “सम्भब छ संबृद्धि हाम्रै पालामा“ जस्ता अग्रगामी नारा सहित देश बिकास र संबृद्धिका लागि राजनीतिक स्थिरता, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख जस्ता राजनीतिक मुद्दाका कारण नयाँ शक्तिमा लागेको सचिवालय सदस्य तथा क्षेत्र नम्बर पाँचका संयोजक यज्ञ मुर्ति पोख्रेल बताए उनले भने युवाहरुलाई आर्थिक संबृद्धिको वाहक पनि बनाउने मिसन, भिजन र रणनीति नयाँ शक्तिसंग भएको हुनाले नयाँ शक्तिप्रति आकर्षित भएँ ।
कुनै न कुनै दल नजिक रहने व्यवसायी तथा एनआरएन पदाधिकारीहरुमा नयाँ शक्ति नजिक हालसम्म कोहि खुलेर देखिएका भने छैनन् ।

१०५७१ Total Views ३ Views Today

Comments