डुब्दो जहाज छोडे गच्छदार र राप्रपाले, आफ्नै दलको आलोचनामा ओली

Published: July 24, 2016 | 4:16 am | आइतवार, साउन ९, २०७३ | ५५०२ पटक पढिएको

kp oliकाठमाडौं–केपी ओली नेतृत्वको मन्त्रिपरिषद् रुपी जहाज डुब्नै लाग्दा राप्रपा र फोरम लोकतान्त्रिकले त्यसलाई अन्तिम समयमा परित्याग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दल तथा पार्टी कार्यसम्पादन समितिको बैठकले शनिबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरुलाई फिर्ता बोलाउने र अविश्वास प्रस्तावको पक्षमा मत दिने निर्णय गरेका हुन् ।

यी प्रतिकुल परिस्थिति झेलिरहेका प्रधानमन्त्री ओली अविश्वास प्रस्तावमाथिको छलफलमा दोस्रो दिन प्रस्तावका प्रस्तावक र समर्थकबाट मात्र नभई आफ्नै पार्टीका बरिष्ठ नेताहरुकै कोपभाजमा सिकार बनेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

५५०३ Total Views ३ Views Today

Comments