तनहुँ सम्पर्क समिति कोरियाले सेतीमादी सांगितिक कार्यक्रमको आयब्यय सार्वजनिक गर्‍यो

Published: July 3, 2016 | 4:37 am | आइतवार, असार १९, २०७३ | ६८२९ पटक पढिएको

FB_IMG_1467517790462
यसै वर्षको गत सलनाल अर्थात फेब्रुअरी -८ तारिख गरेको कार्यक्रम “सेतिमादी साँगितिक सौगातको” आर्थिक आयब्याय सार्वजनिक गरेको छ।

समितिले नेपालबाट बिभिन्न बिधाका चर्चित कलाकारहरु सुगम पोखरेल, मेलिना राई, राम्जी खाँड, सम्झना लामिछाने मगर र हाँस्य विधाका द्वय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) लाई कोरियाली भुमिमा झिकाई भब्य कार्यक्रम सम्पन्न गरेको थियो भने चर्चित स्थानिय कलाकार हरुको समेत बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रम हालसम्मकै सफल र उत्कृष्ट कार्यक्रम मध्यको एक हो।

 

गत हप्ता आईतबार नेपाली सम्पर्क समिति ण्क्क ले आगामी छुसकको लागी राखेको “कार्यक्रम बाँडफाँडको”दिन सम्पुर्ण संघसंस्थाले आ-आफ्नो कार्यक्रमको आयब्याय प्रस्तुत गरेका थिए।
यसै बिच यस तनहुँ सम्पर्क समितिले पनि कार्यक्रमबाट संस्थाले बचत गर्न सफल १,२६,७१००० वोनको क्रमबद्व हिसाबले स्पष्ट विवरण पेश गरेको थियो।
समग्रमा कार्यक्रमको आर्थिक विवरण यसप्रकार रहेको छ,
आम्दानी तर्फ – ४,२२,८४००० वोन
खर्च तर्फ – २,९६,१३००० वोन
जम्मा बचत – १,२६,७१००० वोन।
एक करोड छब्बीस लाख एकहत्तर हजार वोन।

 

कार्यक्रम सफल बनाउनको लागी अहोरात्र खटिनुहुने संस्थाका साथिहरु र प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रमको उद्देश्य अनुसार जिल्लाका पिछडिएका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्नको लागी कामहरु भईरहेको जानकारी पनि संस्थाले जानकारी गराएको छ ।

FB_IMG_1467517777813

अझै केहि सङ्घ-संस्थाहरुले कार्यक्रमको टिकट बिक्री गरेर पनि संस्थालाई अर्धकट्टी फिर्ता नगरेको हुँदा आजको मितिदेखी ३ हप्ता भित्रमा संस्थाको सम्बन्धित ब्यक्तिहरुलाई बुझाईदिनको लागी अनुरोध गर्दै, अझैपनि समयमा फिर्ता नगरे सबैको माग र सल्लाह अनुसार मेडिया मार्फत नाम सार्वजनिक गर्न संस्थाले बाध्य हुने जानकारी समेत गराएको छ ।

६८३० Total Views ३ Views Today

Comments