हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

Published: June 25, 2016 | 12:46 pm | शनिबार, असार ११, २०७३ | ९ ६६१ पटक पढिएको

काठमाडौँ: हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ नौबिसेका सुवास खत्री र प्रकास खत्री छन् । उनीहरुले काठमाडौं महानगरपालिका वडा २४ फसिकेवस्थित सुमन सुवास टेड्रिङमा अवैध रुपमा हुण्डीको कारोबार गरिरहेको आरोप प्रहरीको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाले हुण्डी कारोबारको सूचना पाएपछि अनुसन्धान थालेको थियो । प्रहरीले उनीहरुबाट ३६ लाख रुपैंया बरामद गरेको छ । खत्री द्वयले चीनका कारोबारीसँग मिलेर हुण्डीको कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम थापाले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए

९ ६६२ Total Views ३ Views Today

Comments