सुनको मुल्य एकै दिन ३ हजारले बढ्यो

Published: June 24, 2016 | 10:43 am | शुक्रबार, असार १०, २०७३ | ७००१ पटक पढिएको

असार १०, २०७३

सुन आज एकै दिन प्रतितोला ३ हजार रुपैयाँले महंगो भएको छ । जनमतसंग्रहपछि  बेलायत युरोपियन युनियनबाट छुट्टिने पक्का भएपछि त्यसको प्रभावस्वरुप सुनको मुल्य उल्लेख्य बढेर आज प्रतितोला ५९ हजार रुपैयाँमा पुगेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बेलायत जनमतसंग्रहको नतिजापछि अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावसंगै नेपालमा पनि सुनको मुल्य बढेको बताउनुभयो । आगामी केही दिनसम्म सुनको मुल्य बढ्ने आशंका व्यवसायीको छ ।

सुनको मुल्य क्रमश: बढ्दै गए आगामी साता महासंघको बोर्ड बैठक बसी सञ्चिती सुनको मुल्य निर्धारण गरिने अध्यक्ष शाक्यले बताउनुभयो ।

यस्तै चॉदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले बृद्धि भएको छ । हिजो प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चॉदी आज प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैबीच, सुनको मुल्य एक्कासी उल्लेख्य बढेपछि सुन बेच्न बजारमा उपभोक्ताको भीड लागेको छ । यद्यपी एकैचोटी ठूलो परिमाणमा सुन गर्न नसकिने व्यवसायी बताउँछन् ।

७००२ Total Views ६ Views Today

Comments